News Portal

कविता ~ नहिडेका डोब !

हिमाली संचार संवाददाता
८८० पटक

प्रिय जिन्दगी !
जीवनका गोरेटोमा
नहिडेका डोबका चिन्हमा
यो सुनौलो दिनमा तिमीले
स्वर्णिम अक्षरले सुन्दर
नाम लेख्न पुगेछौ
तर
यी डोबहरुमा लेखिएको नामले
म कति रोमाञ्चित भएकी छु
चाहे त्यो भौतिक होस् या
आध्यात्मिक भेदले
भरिएको किन नहोस्

त्यो आँखाको सानो
नानीबाट देखिएको
अनन्त आकासको
हजारौं ताराहरुको
भिडमा एक ध्रुवतारा
नै त रहेछ
जुन हेर्दा सानो
जुनकीरीझैं लाग्दथ्यो
हेर्दा मोती पनि त
कति सानो हुन्छ ,
मुटुको केन्द्र झल्का झन् त
सबैभन्दा सानो हुन्छ है !

जब
बालुवाको कणमा लेखिएको
त्यो नामलाई यसरी नै
सूक्ष्मदर्शी यन्त्रले
हेरिरहने छौ, हेरिरहने छौ
तब
जो ॐकारको बिन्दुझै यही
परमानन्द घनिभूत हुनेछु म।।

– ॠतु सिंह
चितवन, भरतपुर

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...