
काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने उद्देश्यले राप्रपा काठमाडौंमा प्रदर्शनमा उत्रिएको छ।
राप्रपाका नेता तथा कार्यकर्ताहरू रत्नपार्क क्षेत्रमा जुलुससहित भेला भएका थिए। प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलको फोटो अंकित प्लेकार्ड बोकेका थिए।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
