News Portal

आठ रुमानी मुक्तक !!!

हिमाली संचार संवाददाता
९६८ पटक

– खगेन्द्र गिरि कोपिला

मुक्तक – १

मायाको रङ मायाले गाढा हुन सक्छ
कोही फूल भए कोहि काँडा हुन सक्छ
समाल्न नजानेमा मनभित्रको मन
कोही नजिक हुँदा कोही टाढा हुन सक्छ

मुक्तक – २

हामी खै कहाँ डुब्न थाल्यौं, ख्यालख्याल मैं
टाढा टाढा पो पुग्न थाल्यौं, ख्यालख्याल मैं
के भो? कसरी भो? किन भो? थाह छैन
तर माया पो गर्न थाल्यौं, ख्यालख्याल मैं

मुक्तक – ३

मौसम बदलिए पनि याद नबदलिओस्
रहर बदलिए पनि प्यास नबदलिओस्
बगिरहोस् समय सधैं सपनाजस्तै
बाटो बदलिए पनि साथ नबदलिओस्

मुक्तक – ४

सम्झनाभन्दा कुनै ठूलो आशा छैन
तृष्णाभन्दा कुनै अर्को निराशा छैन
नबोले नि, बोलेझैं लाग्ने, यो संसारमा
मौनताभन्दा कुनै ठूलो भाषा छैन

मुक्तक – ५

हृदयका भाव प्राय: नखोलेरै मीठा हुन्छन्
सम्झना त कतै पनि नघोलेरै मीठा हुन्छन्
आँखा चिम्ली बस्ने बेला नजिकजस्तो लागेपछी
कतिपय कुराहरु नबोलेरै मीठा हुन्छन्

मुक्तक – ६

टाढा छु तर मनबाटै याद गर्छु म
भावनामा सधैं नै साथ गर्छु म
तिमीझैं आतूर बन्न नसके पनि
साँच्चै तिमीलाई धेरै प्यार गर्छु म

मुक्तक – ७

अनायास आयौ र दिलको ढोका ढक्ढकायौ,
छोएर मलाई कहाँ पो खै झक्झकायौ ?
म बेहोसजस्तै बनेर, भएँ मग्न मस्त,
कसरी फूलझैं मभित्र तिमी मग्मगायौ?

मुक्तक – ८

प्रेममा हार समर्पणको लायक हुन्छ
युद्धमा विजय जरुरी सायद हुन्छ
तर भन्नेहरु हरदम भनिरहन्छन्
प्रेम र युद्धमा जे पनि जायज हुन्छ ।।

आदर्शमार्ग, नेपालगन्ज – बाँके।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...