News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सत्तारुढ दलभित्रै मोर्चाबन्दी, केपीलाई दुवै पदबाट मुक्त गर्ने योजना

    ४६० पटक

    काठमाडौं : कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार गठन भएको एक वर्ष नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउने प्रयास उनको आफ्नै पार्टीभित्रबाट भएको छ । विपक्षी दल चुनौती दिन सक्ने हैसियतमा नरहेको र कुनै पनि निर्णय लिन रोकिनुपर्ने कारण नभएको यो अवस्थामा सरकारलाई सत्तारुढ पक्षभित्रैबाट चुनौती पैदा भएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्रको माओवादी कित्ता पार्टीभित्र पानीमा तेलझैँ बसिरहेकोमा अब माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल र वामदेव गौतमलगायतका नेताहरू समेत जुर्मुराउन थालेपछि प्रधानमन्त्री ओली एक्लिने स्थिति बनेको हो ।

    केपी ओली र पूर्वएमालेका अन्य नेताहरूबीच अन्तरविरोध बढ्न थालेपछि खुमलटारस्थित प्रचण्डनिवासमा खुसियाली छाउन थालेको छ । रामवीर मानन्धर प्रकरणमा ‘एक्स्पोज’ भएपछि थलापरेका प्रचण्ड केपी ओली अलोकप्रिय हुँदै जानु र ओलीविरुद्ध ‘एमाले’कै नेताहरू मोर्चाबद्ध हुनुलाई प्रचण्डले आफ्नो अनुकूलता ठानेका छन् । ओलीलाई विस्थापित गर्न आफैँ अग्रसर हुँदा पूर्वएमालेजति सबै एकताबद्ध हुने चिन्ता प्रचण्डमा रहेको, तर अब ‘एमाले’भित्रै द्वन्द्व बढेकोले त्यसबाट राजनीतिक लाभ आफूलाई हुने विश्वास प्रचण्डमा पैदा भएको बुझिन्छ । केपी ओली कुनै पनि समकक्षी तथा आफ्नोअनुकूल नठानिएका नेताहरूसँग संवाद र सम्पर्कमा रहने नगरेको ओलीका आलोचक नेताहरूको भनाइ छ । माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड र वामदेव गौतमलगायतका अधिकांश नेताहरूसँगको संवाद र सम्पर्कलाई प्रधानमन्त्री ओलीले महत्व दिने नगरेको बुझिएको छ ।

    संसदमा छिर्ने बाटो नखोलिएदिएपछि वामदेव गौतम केपी ओलीसँग अत्यन्त क्रूद्ध भएका छन् र, प्रचण्डको इच्छा एवम् इसाराअनुरूप उनी आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

    यसैबीच गत साता पार्टी बैठकका निम्ति आफ्नो निवासमा बोलाएर पनि धेरै लामो समय (१७ मिनेट) कुराएको भन्दै माधव नेपाललगायतका नेताहरू बैठक छोडेर हिँडेका थिए । यस घटनापछि असन्तुष्ट नेताहरू आइन्दा पार्टीको बैठक प्रधानमन्त्रीनिवासमा नगरी पार्टीको धुम्बाराहीस्थित कार्यालयमै आयोजना गर्नुपर्ने निचोडमा पुगेका छन् । असन्तुष्ट नेताहरूबीचको छलफल तथा सहमतिअनुसार नै नेता वामदेव गौतमले पार्टीको बैठक प्रधानमन्त्रीनिवासमा नभई पार्टी कार्यालयमै हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएका हुन् । आफू संसदमा छिर्ने बाटो नखोलिएदिएपछि वामदेव गौतम केपी ओलीसँग अत्यन्त क्रूद्ध भएका छन् र, प्रचण्डको इच्छा एवम् इसाराअनुरूप उनी आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । गौतमले माधव नेपाल र झलनाथ खनालसँग केपी ओलीलाई पार्टी सभापति तथा प्रधानमन्त्री दुवै पदबाट हटाउने विषयमा छलफल शुरु गरिसकेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । तर, पार्टी विभाजन नहुने र केपीलाई पदमुक्त गराउन नसकिने ग्यारेन्टी नभईकन कुनै कदम चाल्न नहुने पक्षमा माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरू रहेको बताइन्छ ।

    युनिभर्सल चर्चको कार्यक्रममा जान माधव नेपालले अधिक दबाब दिएको र त्यहाँ सहभागी भएकै कारण पार्टी, सरकार र आफ्नो लोकप्रियता घटेको प्रधानमन्त्री ओलीले ठानेका छन् ।

    उता प्रधानमन्त्री केपी ओली भने पार्टीभित्र केही नेताहरूले प्रकट गरेको असन्तुष्टिप्रति गम्भीर देखिँदैनन् । बालुवाटार सूत्रले जनाएअनुसार इसाईधर्मीहरूसँग माधव नेपालको लामो साँठगाँठ रहेको तथ्य यसपटक सार्वजनिक भएपछि त्यसबाट उत्पन्न नकारात्मक प्रतिक्रियाबाट जनताको ध्यान मोड्न प्रधानमन्त्रीविरुद्धका क्रियाकलाप शुरु गरिएको हो । प्रधानमन्त्रीलाई सहयोग पुऱ्याउनेभन्दा पनि कमाउनका लागि विभिन्न उचित–अनुचित प्रस्ताव लिएर सिनियर नेताहरूसमेत धाउन थालेपछि ओलीले नेताहरूसँगको भेटघाटलाई कम महत्व दिन थालेको बालुवाटार सूत्रले जनाएको छ । युनिभर्सल चर्चको कार्यक्रममा जान माधव नेपालले अधिक दबाब दिएको र त्यहाँ सहभागी भएकै कारण पार्टी, सरकार र आफ्नो लोकप्रियता घटेको प्रधानमन्त्री ओलीले ठानेका छन् । ‘चर्च प्रकरण’लाई केपीले आफूलाई फसाउन जानाजान रचिएको षड्यन्त्रका रूपमा अहिले आएर बुझेका छन् र माधव नेपालप्रति उनी क्षुब्ध बनेको बताइन्छ ।

    प्राप्त जानकारीअनुसार इसाईको विवादास्पद कार्यक्रममा सहभागी नहुन पार्टीका वरिष्ठ नेता एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले पटक–पटक आग्रह गरेको भए पनि माधव नेपालको दबाब थेग्न नसकेर ओली एसिया प्यासिफिक समिट नाम दिइएको इसाई सम्मेलनमा सहभागी हुन बाध्य भएका थिए । श्रेष्ठले प्रधानमन्त्री ओली र सहअध्यक्ष प्रचण्डलाई इसाई कार्यक्रममा सहभागी नहुन पटक–पटक आग्रह गरेको र उनकै आग्रहलाई स्वीकार गर्दै प्रचण्ड दाँत दुःखेको बहाना बनाएर इसाई सम्मेलनमा भाग लिन (मङ्सिर १५) गएका थिएनन् । तर, प्रचण्डले इसाईहरूद्वारा घरमै आएर दिइएको ‘पिस एम्बेसडर’लगायतका मान, पदवी र पुरस्कार भने खुसीका साथ ग्रहण गरेका थिए । सम्मेलनमा सहभागी नभएर आफू जोगिएको प्रचण्डले ठानेका छन् ।

    तर, यसरी उनलाई जोगाउन भने नारायणकाजी श्रेष्ठको मुख्य भूमिका रहेको बताइन्छ । केपी ओली माधव नेपालको इच्छाअनुसार चल्दा नराम्रोसँग विवादित बनेका छन् । यदि ओलीले पनि श्रेष्ठको सुझावलाई ग्रहण गरेको थिए ‘इसाई प्रकरण’मा एक्लो माधव नेपाल मात्र एक्स्पोज हुने निश्चित थियो । जे होस्, एसिया प्यासिफिक समिटका नाममा काठमाडौंमा भएको इसाई सम्मेलनले माधव नेपाल, केपी ओली र सिङ्गै कम्युनिस्ट पार्टीलाई गम्भीर क्षति पुऱ्याएको छ । यस प्रकरणको असर कम्युनिस्ट आन्दोलनलाई धेरै पछिसम्म पर्ने निश्चित मानिएको छ । (घटना र बिचारबाट)

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ३१, २०८२ (मे १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बद्री केसी समूहको कनक्लेभमा भाग नलिन एनआरएनए आइसिसीको अपिल

    सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिबाट काठमाडौँमा सम्पन्न ‘एकता महाधिवेशन’बाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहद्वारा...

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...