News Portal

भारतीय बालकको अपहरण गरी नेपालमा बन्धक, नाईके नै फोरमका नेता भएको खुलासा

हिमाली संचार संवाददाता
५७७ पटक

अपहरणमा परेका बालक महफुज आलम ।
तस्बिर : लोकनाथ

झापा : भारतबाट अपहरणमा परेका एक बालकको जिल्ला प्रहरी कार्यालय, झापाले सकुशल उद्दार गरेको छ । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं . २ बाट अपहरणमा परेका ७ बर्षीय बालक महफुज आलमलाई नेपालमा बन्धक बनाएर राखिएको सुचना पाएपछि २४ घण्टा पनि बित्न नपाउँदै प्रहरीले बालकको उद्धार गरेको रेडियो कालिका एफएमले जनाएको छ।

१५ लाख रुपैयाँ फिरौती माग गर्दै बालकलाई बन्धक बनाएर राख्नेहरुमा ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज-४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखिया रहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार बन्धक बनाएर राख्ने बद्री यादव फोरमका स्थानीय नेता हुन् ।

आलम ५ दिनअघि अपरहणमा परेका थिए । उनका बुवा मोहमद सदामका अनुसार मंसिर २० गते आलम मावली घरमा खेलिरहेको अवस्थामा अपहरणमा परेका हुन् । बच्चालाई अपहरणकारीसम्म पुर्‍याउन बालककै आफन्त १५ वर्षीय मोहम्मद दिलसादले भुमिका खेलेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई खबर गरे बालक मारिदिने धम्की दिएपछि अभिभावकले प्रहरीको साहयता लिए । बालकको खोजी गर्न बिहारबाट प्रहरीसहितको टोली नेपाल आएका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय दमकसँगको सहकार्यमा संयुक्त टोलीले मंगलबार बिहान दमक–५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ बन्धक बनाएर राखिएको अवस्थामा बालकको उद्धार भएको हो । प्रक्राउ परेकाहरुमाथि कानुनी कारवाही अगाडी बढाईएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...