News Portal

वडाध्यक्षको हस्ताक्षर किर्ते गरी नगरपालिकामा नक्कली प्रस्ताव पेस गरेकाे खुलासा भएपछि..  

हिमाली संचार संवाददाता
५६४ पटक

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका-७ का वडाध्यक्ष धनबहादुर बमको हस्ताक्षर किर्ते गरी नगरपालिकामा नक्कली प्रस्ताव पेस गरेको भेटिएको छ।

घोडाघोडी नगरपालिका-७, हरिनगरस्थित एसएस मल्टी एग्रो फर्म प्रालिका अध्यक्ष विरेन्द्र चौधरीले वडाध्यक्ष बमको हस्ताक्षर किर्ते गरी आफ्नो संस्थालाई ४ वटा बोरिङ उपलब्ध गराउन वडा कार्यालयकाे नक्कली सिफारिस पत्र बनाई नगरपालिकामा पेस गरेको खुलेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराले पास गरी स्वीकृतिको लागि कृषि शाखामा पठाउँदा रहस्य खुल्न गएको बताइएको छ।

एकै संस्थालाइ ४ बोरिङको लागि किन सिफारिस दिइएको भनी वडाध्यक्ष बमलाई बुझ्दा आफूले सिफारिस नदिएको दाबी गरेपछि किर्ते गरेको पुष्टि भएको कृषि शाखा प्रमुख रामकेश यादवले बताए।

यता वडाध्यक्ष धनबहादुर बमले आफूले बाेरिङको लागि कुनै सिफारिसमा पनि माेहर नलगाएकाे दाबी गरे। आफ्नो हस्ताक्षर कम्प्युटरबाट किर्ते गरिएको हुनसक्ने बताउँदै उनले गैरकानुनी काम गर्ने विरेन्द्र चौधरीलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र कञ्चनपुर अन्तर्गतको साना सिँचाइ आयोजनाले अनुदानको बोरिङको लागि नगर भित्रका कृषक समूहहरुलाई मंसिर २ गते वडा र नगरपालिकाको सिफारिससहित निवेदनको लागि आह्वान गरेको थियो। (नेपाललाइभ)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...