News Portal

  • भारतका ५ राज्यमा विधानसभा चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत, बीजेपीलाई झट्का

    हिमाली संचार संवाददाता
    ५४२ पटक

    एजेन्सी : भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।

    पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका लागि सुखद रहेको छ । मध्य प्रदेश विधानसभामा  २३० सिट रहेको छ । जहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्छ । प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले १०६ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी(बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् ।

    राजस्थान विधानसभामा २०० सिट भए पनि एक जना उम्मेदवारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानमा सरकार बनाउन १०० सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ८८ सिटमा अगाडि छ भने बीजेपी ७४ सिटमा अगाडि छ ।

    त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्रिय समिति ६० सिटमा अगाडि रहेको छ । जहाँ सरकार बनाउन ६० सिट नै चाहिन्छ । त्यस्तै तेलंगनामा कांग्रेस ३३ सिटमा अगाडि रहेको छ भने बीजेपी २ सिटमा अगाडि रहेको छ ।

    ४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले १७ सिटमा अग्रता बनाएको छ भने कांग्रेसले १४ सिटमा अग्रता बनाउँदा बीजेपीले २ सिटमा अग्रता बनाएको छ ।

    त्यस्तै छत्तीसगढ ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार ५४ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले ३० सिटमा अग्रता बनाएको छ ।

    पछिल्लो समय राहुल गान्धी कांग्रेस अध्यक्ष भएपछि पार्टीले लगातार नराम्रो नतिजा भोगिरहेको अवस्थामा पाँच राज्यको विधानसभा चुनाव भने राहुल गान्धीको नेतृत्वको असली परीक्षा हुने देखिएको छ ।

    यीनै ५ राज्यको विधानसभा चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...