News Portal

भारतका ५ राज्यमा विधानसभा चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत, बीजेपीलाई झट्का

हिमाली संचार संवाददाता
६०१ पटक

एजेन्सी : भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।

पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका लागि सुखद रहेको छ । मध्य प्रदेश विधानसभामा  २३० सिट रहेको छ । जहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्छ । प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले १०६ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी(बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् ।

राजस्थान विधानसभामा २०० सिट भए पनि एक जना उम्मेदवारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानमा सरकार बनाउन १०० सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ८८ सिटमा अगाडि छ भने बीजेपी ७४ सिटमा अगाडि छ ।

त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्रिय समिति ६० सिटमा अगाडि रहेको छ । जहाँ सरकार बनाउन ६० सिट नै चाहिन्छ । त्यस्तै तेलंगनामा कांग्रेस ३३ सिटमा अगाडि रहेको छ भने बीजेपी २ सिटमा अगाडि रहेको छ ।

४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले १७ सिटमा अग्रता बनाएको छ भने कांग्रेसले १४ सिटमा अग्रता बनाउँदा बीजेपीले २ सिटमा अग्रता बनाएको छ ।

त्यस्तै छत्तीसगढ ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार ५४ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले ३० सिटमा अग्रता बनाएको छ ।

पछिल्लो समय राहुल गान्धी कांग्रेस अध्यक्ष भएपछि पार्टीले लगातार नराम्रो नतिजा भोगिरहेको अवस्थामा पाँच राज्यको विधानसभा चुनाव भने राहुल गान्धीको नेतृत्वको असली परीक्षा हुने देखिएको छ ।

यीनै ५ राज्यको विधानसभा चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...