News Portal

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको असवरमा पोखरामा निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन

हिमाली संचार संवाददाता
५९० पटक

पोखरा : ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको असवरमा पोखरामा युवाहरूले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै पोखरामा प्रर्दशन गरेका छन्।

गण्डकी प्रदेश महाभेला मूल आयोजक समितिको आयोजनामा मानव अधिकार दिवसको अवसरमा सोमवार पोखरामा प्रभात फेरी भइरहँदा निर्मला पन्तलाई न्याय दिन माग गर्दै निर्मलाको तस्विरसहित ‛सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर लिएर बलात्कार विरुद्ध राष्ट्रिय अभियानका अभियान्ताहरूले प्रर्दशन गरेका हुन्।

अभियान्ताहरूले मानव अधिकार दिवसमा प्रभात फेरि गर्नु भन्दा न्यायकालागि आवाज उठाउन र सरकारलाई दवाव दिने कार्यक्रम आयोजना गर्न मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थासँग माग गरेका थिए। मानव अधिकार दिवस औपचारिक रुपमा मनाउन भन्दा पनि न्याय नपाएकालाई न्याय दिने कार्यमा केन्द्रित भएर मनाउन अभियन्ता सौगात पोखरेलले बताए।

युवाहरूले राज्य विवेकहिन भएको, लुट तन्त्र चलेको र दुई तीहाइको सरकारले न्याय दिन नसकेको लगायतका नारा लेखेको प्लोकाड लिएर युवाहरूले प्रर्दशन गरेका थिए।

राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, महिला मानवअधिकार रक्षक सञ्जाल, शान्तिका लागी नागरिक समाजको सञ्जाल, मानवअधिकार एलायन्स, मानवअधिकार संरक्षण तथा प्रर्वद्धन केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहभागिता रहेको प्रभात फेरीमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, समाजिक विकास मन्त्री नरदेवी पुनको पनि सहभागीता रहेको थियो।

फोटोः कृष्णमणि बराल/अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...