News Portal

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको असवरमा पोखरामा निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन

हिमाली संचार संवाददाता
६४५ पटक

पोखरा : ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको असवरमा पोखरामा युवाहरूले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै पोखरामा प्रर्दशन गरेका छन्।

गण्डकी प्रदेश महाभेला मूल आयोजक समितिको आयोजनामा मानव अधिकार दिवसको अवसरमा सोमवार पोखरामा प्रभात फेरी भइरहँदा निर्मला पन्तलाई न्याय दिन माग गर्दै निर्मलाको तस्विरसहित ‛सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर लिएर बलात्कार विरुद्ध राष्ट्रिय अभियानका अभियान्ताहरूले प्रर्दशन गरेका हुन्।

अभियान्ताहरूले मानव अधिकार दिवसमा प्रभात फेरि गर्नु भन्दा न्यायकालागि आवाज उठाउन र सरकारलाई दवाव दिने कार्यक्रम आयोजना गर्न मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थासँग माग गरेका थिए। मानव अधिकार दिवस औपचारिक रुपमा मनाउन भन्दा पनि न्याय नपाएकालाई न्याय दिने कार्यमा केन्द्रित भएर मनाउन अभियन्ता सौगात पोखरेलले बताए।

युवाहरूले राज्य विवेकहिन भएको, लुट तन्त्र चलेको र दुई तीहाइको सरकारले न्याय दिन नसकेको लगायतका नारा लेखेको प्लोकाड लिएर युवाहरूले प्रर्दशन गरेका थिए।

राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, महिला मानवअधिकार रक्षक सञ्जाल, शान्तिका लागी नागरिक समाजको सञ्जाल, मानवअधिकार एलायन्स, मानवअधिकार संरक्षण तथा प्रर्वद्धन केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहभागिता रहेको प्रभात फेरीमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, समाजिक विकास मन्त्री नरदेवी पुनको पनि सहभागीता रहेको थियो।

फोटोः कृष्णमणि बराल/अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...