News Portal

उपकुलपति कोइराला सधैं विवादित, सुर्खेतमा पनि विवादमुक्त रहेनन्

हिमाली संचार संवाददाता
५४७ पटक

सुर्खेत : विराटनगरको कोइराला कूलमा जन्मिएका उपेन्द्रकुमार कोइरालाले कम्युनिष्ट बनेर थुप्रै राजनीतिक लाभ लिए । प्राज्ञिक क्षेत्रका प्रा.डा. कोइरालाले प्राज्ञिकसँगै अन्य आकर्षक ठाउँमा राजनीतिक नियुक्ति पाए । तर, जहाँ–जहाँ गए उनी विवादमुक्त हुन सकेनन् । उनी अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पाँचौं काण्ड झेलिरहेका छन् ।

कोइरालाले नेपाल खाद्य संस्थान, महेन्द्र मोरङ क्याम्पस, नेपाल आयल निगम, उच्च माध्यमिक शिक्षा परिषद् र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यकारी प्रमुखको जिम्मेवारी पाए । पछिल्लो समय मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति रहेका प्रा.डा. कोइरालाले कार्यकारी परिषद्मा गरेको ‘गैरकानुनी’ निर्णयकै कारण साढे दुई महिनादेखि विश्वविद्यालयमा तालाबन्दी छ । विद्यार्थी र प्राध्यापक आन्दोलनमा छन् । अहिले सुर्खेतमा उनै कोइरालाले विगतमा कुन जिम्मेवारीमा कसरी विवादित भए भन्ने आमचासो बनेको छ ।

खाद्य संस्थानको महाप्रवन्धक भएलगत्तै २०५५ सालमा महेन्द्र मोरङ क्याम्पसमा क्याम्पस प्रमुख भएका उनीमाथि आर्थिक अनियमितताको आरोप लाग्यो । त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा परियोजना अन्तर्गत क्लस्टर प्रोग्रामको लागि आएको एक लाख डलरमा उनले अनियमितता गरेको आरोप झेल्नुपरेको थियो ।

विश्वविद्यालयले एक छानबिन समिति गठन गरी अनुसन्धान पनि थाल्यो । ‘समितिले उनीमाथि लागेको आरोप पुष्टि गरी निलम्बन गर्दै कारबाहीको सिफारिस पनिग¥यो’ क्याम्पसका तत्कालीन प्राध्यापक संघ सभापति भक्ति पौडेलले भने, ‘तर राजनीतिक दाउपेजमा अब्बल उनले कारबाही खेप्नु परेन उन्मुक्ति पाए ।’ करिब ३५ लाख रुपैयाँ अनियमितता भएको भनिएको उक्त घोटालाकै कारण क्याम्पसले अर्को चरणमा पाउने दुई लाख डलर पनि गुमाएको उनले बताए । कोइराला मोरङबाट त्रिभुवन विश्वविद्यालयको सूचना आयोगमा प्रमुख भएर काठमाडौं गए ।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...