आज : २०२६-०६-०८, सोमबार

==== गजल ====

शारदा सुवेदी

बादलसरि आकाशमा बदल्दै रङ्ग उडूँ
कल्पनामा रमाउँदै सधैं तिमीसङ्ग उडूँ

नबिउँझाइदेऊ मलाई आज सपनाबाट
मधुकरका साथ बनी मालती दङ्ग उडूँ

हेर्दिन आज समाचार बन्द छन् कानआँखा
खोजी बास्ना बगैंचामा पुतलीकै ढङ्ग उडूँ

दृश्य अदृश्य डर र त्रासको छाडेर गुनासो
बस्,एक पल आफ्ना लागि बाँचेर उमङ्ग उडूँ ।।