News Portal

ठकुरी सहयोग संजाल कर्णाली प्रदेशको प्रमुखमा दिपक शाही चयन, रंगकर्मी बिरेन्द्र र नायिका बेनिशा सम्मानित !

हिमाली संचार संवाददाता
७९८ पटक

ठकुरी सहयोग संजालको कर्णाली प्रदेश प्रमुख शाही र संजालका केन्द्रीय कार्यबाहक अध्यक्ष मल्ल।

काठमाडौ : विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालको प्रदेश न ६ अथवा कर्णाली प्रदेश प्रमुखमा दिपक शाही चयन भएका छन । कर्णाली प्रदेश ठकुरीहरूको बाक्लो बस्ती भएको प्रदेश हो ।

दिपक शाही ठकुरी सहयोग संजाल बाकेको उपाध्यक्ष पदमा रहि समुदयमा सेवा गर्दै आइरहेका थिए । समाज सेवामा निकै लामो समय देखि सकृय शाही बाकेमा रहेर कर्णालीमा सकृय हुँदै आएका छन । उनको कर्णाली प्रदेशको जाजरकोटमा समेत ब्यबसाय रहेको छ ।

सातै प्रदेशमा केन्दिय कमिटीबाट एक-एक जना संयोजक रहने गरि प्रदेश स्तरमा स्थनिय प्रमुखको नियुक्ती ठकुरी सहयोग संजालले गर्दै आइरहेको छ । सातै प्रदेशको संयोजक अघि नै टुङ्गो लगाएको संजालले हाल सम्म प्रदेश ५ र ६ मा मात्र प्रदेश प्रमुखको टुङ्गो लगाएको छ । जस अन्तरगत प्रदेश ५ को प्रमुखको जिम्मेवारी यस अघि नै संयोग जङ्ग शाहलाई दिइएको थियो भने शनिबार केन्द्रीय कमिटीको निर्णय बमोजिम प्रदेश ६ को जिम्मेवारी दिपक शाहीलाई दिइएको छ ।

शनिबार केन्द्रीय कार्यलय नक्सालमा आयोजित एक कार्यक्रममा संजालका कार्यवाहक अध्यक्ष अजय मल्ल ठकुरीले शाहीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

रंगकर्मी बिरेन्द्र हमाल र नायिका बेनिशा हमाल सम्मानित !

कामना फिल्म अवार्ड २०७५ मा सर्वोकृष्ठ नायिकाको अवार्ड बिजेता नायिका बेनिशा हमाल तथा रङमन्च तर्फको उत्कृष्ठ कृटिक्स अवार्ड बिजेता रंगकर्मी बिरेन्द्र हमाललाई ठकुरी सहयोग संजालले सम्मान प्रदान गरेको छ । ठकुरी सहयोग संजालको केन्द्रिय कार्यलय नक्सालमा शनीबार आयोजित एक कार्यक्रममा उहाँहरूलाइ सम्मान गरिएको हो ।

संयोगबस गुरु चेली एकै ठाउँ सम्मानित भएका छन । कुनै समय नायिका बेनिशाले निकै पाका रंगकर्मी बिरेन्द्र हमाल सग अभिनय सिकेकी थिइन । रंगकर्मी बिरेन्द्र हमालले नेपाली चलचित्र उधोगमा थुप्रै कलाकारलाई अभिनय सिकाएका छन ।

सम्मान पछि दुबै कलाकर्मीले ठकुरी समुदाय प्रती आफ्नो लगाव र माया प्रकट गरेका छन । नायिका हमालले सानै देखि आफू चितवनमा रहदा ठकुरी समुदाय सग नजिक रहदै समाजको कार्यक्रममा सहभागी भएको अनुभव बाडिन भने रंगकर्मी बिरेन्द्र हमालले आफु ठकुरी सहयोग संजालकै ठकुरी शैक्षिक परियोजनामा सदभावना दुतमा रहदा सम्मान पाएकोमा खुशी ब्यक्त गरे ।

दुबै कलाकर्मीलाई संजालका कार्यबाहक अध्यक्ष अजय मल्ल ठकुरीले ताम्रा-पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

(तस्वीर : संजालको केन्द्रीय सचिव सुमित्रा सिंह ठकुरीको सहयोगमा)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...