News Portal

म.प.विश्वविधालय : उपकुलपतिले नियम मिचेर गरेका गल्ति ढाकछोप गर्न विद्यार्थीहरुलाई मुद्धा

हिमाली संचार संवाददाता
६६९ पटक

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको ऐन, नियम मिचेर उपकुपतिले गरेका निर्णय खारेज गर्न आन्दोलन गरेका संयुक्त विधार्थि संघर्ष समितिका विधार्थिहरुलाई मुद्धा दायर गरिएको घटनाप्रति विधार्थिहरुले विरोध जनाएका छन् ।

विश्वविधालयमा लामो समयदेखी चलेको गतिरोध अन्त्य गर्नुको साटो झुट्टा र आधारहिन आरोप प्रस्तुत गदै नेविसंघ केन्द्रिय सदस्य विवेक आचार्य, अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सचिवालय सदस्य देवीचन्द्र उपाध्याय, अखिल छैटौंका केन्द्रिय सदस्य हरि बुढा, स्ववियु सभापति झक्क बहादुर शाही, सचीव भरत शाही, कोषाध्यक्ष सुशील भट्टराई र नेविसंघका नेता मोहन रानामाथी बांके प्रहरीमा मुद्दा चलाएको घटनाप्रति विधार्थिहरुले आपत्ति प्रकट गरेका हुन् ।

राजनितिक दम्भका आडमा ऐन, नियमलाई उल्लंघन गदै वैठकले गरेका निर्णयहरु सच्चाउन माग गदै आन्दोलनमा उत्रिएका विधार्थिहरुलाइ मुद्धा दर्ता गरि आन्दोलनलाई अतिरन्जित पार्न खोजिएको संयुक्त विधार्थिहरुले आरोप लगाएका छन् । सामाजिक संजालमा विधार्थि नेता विवेक आचार्यले विश्वविधालयको घटनालाई राजनैतिक रंग दिएर आफुले गरेका गल्ति ढाकछोप गर्न लागेको प्रति आपत्ति जनाएका छन् । उनले सामाजिक संजालमा मार्फत उपकुलपति उपेन्द्र कोइरालालाई आफ्नो मर्यादा र सम्मान आफैं जोगाउन आग्रह गरेका छन् ।

विश्वविद्यालयको गरिमा र अस्तित्व जोगाउन आन्दोलित विद्यार्थि संगठनहरुको शक्तिलाई कमजोर नठान्न र आफ्नो प्राज्ञिक मर्यादालाई राजनैतिक आधारमा प्रस्तुत नगर्न उनले सुझाव दिएका छन् । उपकुलपतिको अत्याचार र राजनैतिक दम्भ विधार्थिहरुकालागी कहिलैपनि सह्य हुन नसक्ने उनले वताएका छन् । ‘विश्वविद्यालयको समस्यालाई ओझेलमा पार्न हामीमाथि मुद्दा चलाइएको छ’ उनले भने।’उपकुलपतिले आफ्ना गलत कदम समयमै फिर्ता नलिए त्यसवाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार उपकुलपति नै लिनुपर्छ ।

यसैविच विश्वविद्यालयका उपकुलपतिमार्फत नियम मिचेर गरिएका सम्पुर्ण गल्तिहरु सच्याउनुपर्ने माग राख्दै प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालयमा पठनपाठनमा रोक लगाउने बताएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय समितिले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका सम्पुर्ण प्रशासनिक निकाय र पठनपाठन आइतबारदेखि बन्द गर्ने बताएको हो । संघका अध्यक्ष रुपेश खत्री र सचिव गीताराम ढकालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा विश्वविद्यालय सञ्चालन प्रक्रियामा उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले दुई तिहाई राजनितिक दम्भका आधारमा ठाडो हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

‘विश्वविद्यालयको स्थापना कालदेखिका अभियन्ता र विविध निर्णय प्रक्रियामा बसी विश्वविद्यालयको बिकास र विस्तार गर्न जनतादेखि सरकारसम्म अहोरात्र आफ्नो कार्यमा तल्लिन भईरहेको व्यक्तिलाई एक्कासी राजनिति खोल ओढेर रजिष्टार डा. महेन्द्र कुमार मल्ललाई सिधै विना कारण निलम्वन गरेको प्रति समिति घोर भत्र्सना गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

असोज ७ गते कार्यकारी परिषद् बैठकले गरेका निर्णय विरुद्व गरिएको प्र.पा.संघ, स्ववियू र नेविसंघ लगायत संयुक्त विद्यार्थी संगठनहरुको आन्दोलनलाई कमजोर ठानी वार्ता र छलफल विना नै एकाएक कारवाहीको बाटो हिड्नु अधिनायकवादको पराकाष्ठा भएको संघले विज्ञप्तीमा उल्लेख गरेको छ । यसैगरी, नेपाल प्राध्यापक समाज, म.प. विश्वविद्यालय क्याम्पस समितिलेसमेत आज प्रेस विज्ञप्ति जारी गर्दै भरपर्दो प्रमाण र कसुरविना रजिष्टार डा. महेन्द्र कुमार मल्ललाई षडयन्त्रमुलक ढंगले निलम्बन गर्नु अन्यायपुर्ण भएको बताएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...