News Portal

  • अबैध यौनजन्य कारोबारमा संलग्न नेकपा नेता गरुङ्गले दिए पत्रकारलाई मार्ने धम्की !

    हिमाली संचार संवाददाता
    ६६६ पटक

    बाँके : तत्कालिन एमालेका बाँके जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका नेकपाका नेता निरज गुरूङले पत्रकार काशीराम शर्मालाई हातपातको प्रयास गर्दै ज्यान मार्नेसम्मको धम्की दिएका छन् ।

    राष्ट्रिय समाचार समितिका बाँके संवाददातासमेत रहेका सत्यपाटी डटकम अनलाइन पत्रिकाका अध्यक्ष पत्रकार शर्मालाई किमु होमस्टेको समाचारको बिषयलाई लिएर नेता गुरूङले यस्तो धम्की दिएका हुन् ।

    आफूलाई नेकपाको नेता भन्ने गुरूङले गैरकानूनी रूपमा यौनजन्य कारोबारमा संलग्न रहेको किमु होमस्टेको बचाउ गर्दै पत्रकारमाथि ज्यानको धम्कीसमेत दिनुलाई नेपाल पत्रकार महासंघ बाँके लगायतका सम्बद्ध संस्थाहरूले गम्भीररूपमा लिएका छन् ।

    अवैध यौनजन्य कारोबार गर्नलाई उत्प्रेरित गर्दै पत्रकारमाथि जाईलाग्ने नेता गुरूङमाथि कडा कारवाहीको माग गर्दै महासंघका सचिव तिलक गाउँलेद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै कारण आगामी दिनमा कुनै पनि मिडिया र पत्रकारमाथि गलत नियतले नहेर्न नेता गुरूङलाई आग्रह पनि गरिएको छ ।

    ‘समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमा जथाभावी टिकाटिप्पणी गर्नुका साथै सार्वजनीक स्थलमै असभ्य भाषा प्रयोग गर्दै पत्रकारमाथि हातपात गर्न खोज्नु सिंगो पत्रकारिता र सञ्चार जगतमाथि धावा बोल्न खोजेको हाम्रो ठहर छ,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    समाचारको विषयलाई लिएर चित्त नबुझेको खण्डमा कानूनी बाटो हुँदाहुँदै सार्वजनिक स्थलमै गालीगलौच गर्नुका साथै आक्रमणमै उत्रिनु स्वतन्त्र प्रेस र नागरिकको सुसूचित हुन पाउने अधिकारलाई कुण्ठित गर्न खोज्नु लोकतन्त्रमाथिकै उपहास महासंघले ठहर गरेको उक्त विज्ञप्तीमा उल्लेख छ । पत्रकार शर्मामाथि दुव्र्यवहार गर्ने र ज्यान मार्ने समेतको धम्कीपूर्ण शैलीमा गालीगलौच गर्ने नेता गुरूङलाई तत्काल कारबाहीको माग गर्दै घटनाप्रति संवेदनशील भएर अघि बढ्न सम्बन्धीत पक्षसँग जोडदार माग समेत विज्ञप्तीमार्फत गरिएको छ ।

    आगामी दिनमा यस प्रकारका घटनाहरू दोहोरिएमा महासंघ र सिंगो पत्रकार जगत कडारूपमा प्रस्तुत हुने चेतावनी पनि दिइएको छ । मनिकापुरस्थित किमु होमस्टेका बारेमा मिडियामा समाचार सार्वजनिक भएपछि नेता गुरूङ पत्रकारसँग चिडिँदैं आएको उनी निकट केही जानकारहरू समेत बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...