News Portal

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

३८९ पटक

वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ सय २८ पुगेको छ भने तीमध्ये ११४ जनामा हैजा पुष्टि भइसकेको छ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र १०६ नयाँ बिरामी थपिएका छन्। हाल विभिन्न १६ वटा अस्पतालमा २७१ जना बिरामी उपचाररत छन्। तीमध्ये ३५ जना आईसीयूमा, ४ जना एचडीसीयूमा र २३२ जना वार्डमा उपचार पाइरहेका छन्। गत सातादेखि २५७ जना बिरामी उपचारपछि घर फर्किएका छन्।

नारायणी अस्पतालमा ४७, तराई अस्पतालमा ४३, नेसनल मेडिकल कलेजमा १७, वीरगञ्ज हेल्थ केयरमा ५, मंगलम प्याथोलोजी र भवानी अस्पतालमा ४–४, अली अर्थो र एड्भान्स सेन्ट्रल अस्पतालमा २–२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ। मंगलबार मात्र एक बालकसहित तीन जनामा हैजा देखिएको थियो।

यसैबीच पर्साको पोखरिया नगरपालिकामा पनि संक्रमण फैलिएको छ। बुधबार ३ र बिहीबार थप ५ गरी ८ जनामा हैजा पुष्टि भएको मेसु डा. आनन्द रौनियारले जानकारी दिए। संक्रमितमध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज ल्याइएको छ भने बाँकीको उपचार पोखरिया अस्पतालमै भइरहेको छ।

यस्तै बाराको कलैया अस्पतालमा समेत एक पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जनाएका छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार हैजा झाडापखालाभन्दा गम्भीर प्रकृतिको रोग हो, जसका लक्षण केही घण्टादेखि पाँच दिनभित्र देखिन सक्छन्। अत्यधिक पातलो चौलानी जस्तो दिसा, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, शरीर कमजोर हुने, छाला सुख्खा हुनु र पिसाब कम हुनु यसको मुख्य लक्षण हुन्। समयमै उपचार नपाउँदा मृत्युको सम्भावना रहने उनीहरूको चेतावनी छ।

हैजाबाट बच्न विज्ञहरूले अनिवार्य सरसफाइ अपनाउन सुझाव दिएका छन्। शौचालय प्रयोग गर्ने, साबुनपानीले राम्ररी हात धुने, खानेपानी उमालेर मात्र पिउने, काँचो तरकारी राम्ररी धोएर खाने र फोहोर उचित ठाउँमा व्यवस्थापन गर्ने भनेका छन्।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...