News Portal

खेलकुदमन्त्रीलाई स्वागत गर्न घण्टौसम्म पोखरा रंगशालामै विद्यार्थीलाई खाली खुट्टामा उभ्याईयो

हिमाली संचार संवाददाता
३७५५ पटक

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पोखरा रंगशालामा एनप्याब्सन कास्कीको खेलकुद महोत्सव उद्घाटन क्रममा मंगलबार स्वागत गर्दै विद्यार्थी । तस्बिर : वासुदेव पौडेल/रासस 

पोखरा : लेखनाथ — ४५ विद्यालयका ८ हजार विद्यार्थी, खेलाडी र ३० हजार अभिभावकले अवलोकन गर्ने भनी प्रचारित खेलकुद महोत्सव उद्घाटन गर्न मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पोखरा आए ।

उनी आउँदै गर्दा सांस्कृतिक पहिरनमा सजिएका बालिका जर्‍याकजुरुक उठे । खाली खुट्टै लाममा बसे । मन्त्री मुसुमुसु हाँस्दै आए र नमस्कार गर्दै मञ्चमा उक्लिए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कास्कीले मन्त्रीको स्वागतमा बालबालिकालाई खाली खुट्टै उभ्याएको हो । मन्त्री विश्वकर्मा निर्धारित समयभन्दा डेढ घण्टा ढिलो आउँदा मार्चपास गर्ने विद्यार्थी चौरमा उभिइरहे ।

१२ औं एनप्याब्सन खेलकुद महोत्सवको उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘गणतन्त्रमा राजतन्त्रकालीन झल्को’ जस्ता प्रतिक्रिया आएका छन् ।

‘मन्त्री आउने भन्दैमा बालबालिकालाई दुरुपयोग गर्न पाइँदैन,’ बालअधिकारकर्मी सरिता ताम्राकारले भनिन्,‘झन् विद्यालयले नै यसरी प्रयोग गर्नु सरासर गलत हो ।’ बालअधिकारमा कार्यरत बाबा फाउन्डेसनकी उपाध्यक्ष ताम्राकारले त्यसरी खाली खुट्टा उभ्याउँदा बालबालिकामा मनोवैज्ञानिक असरपर्ने बताइन् ।

एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले भने बालिकाहरू नृत्य गर्न तयार भएर बसेका बेला त्यही बाटो मन्त्री आएपछि उठेर नमस्ते मात्रै गरेको दाबी गरे । ‘उनीहरूलाई स्वागत गर्न राखेको होइन । त्यस्तो योजना पनि थिएन,’ उनले भने, ‘नृत्य गर्न मैदानमा जाने र मन्त्री आउने समय एकैपल्ट परेको हो । कान्तिपुर

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...