News Portal

अब सीसी टिभीको निगरानीमा गोरखा बजार

हिमाली संचार संवाददाता
७०६ पटक

गोरखा : गोरखा बजारमा सीसी टिभी जडान गरिएको छ । सामुदायिक सेवा केन्द्रको अगुवाइमा ३९ वटा क्यामरा जडान गरिएको हो । गोरखा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ को मुख्य बजार क्षेत्रमा क्यामरा जडान गरिएको केन्ऽका अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए । ‘खोलखोलेको नगरपालिका चोक हुँदै पुरानो बसपार्क, बिपी चौतारा, ठूलो आँगनदेखि पाटेचौरको जिल्ला जनस्वास्थ्य कार्यालयसम्म क्यामरा जडान गरिएको छ,’ उनले भने ।

त्यस्तै, लोकतान्त्रिक चोकदेखि अस्पताल मार्गमा पनि क्यामरा जडान गरिएको उनले बताए । बिपी चौतारादेखि रोहटेपानी हुँदै नयाँ बसपार्कको क्षेत्रमा पनि क्यामरा जडान भएको उनले जानकारी दिए । चहलपहल बढी हुने क्षेत्रलाई मध्यनजर गर्दै क्यामरा जडान गरिएको उनको भनाइ छ । ३५ वटा फिक्स र चार वटा मुवेवल क्यामरा जडान गरेका छौ, मुवेवल क्यामरा ३६० डिग्रीमा घुमाउन मिल्छ,’ सीसी क्यामरा उपभोक्ता समिति संयोजक कैलाशबाबु श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर क्यामराको निगरानी गर्ने व्यवस्था मिलाइएको छ । निगरानीका लागि कन्ट्रोल रुममा दुईजना प्रहरी २४ सै घण्टा खटाइएको छ ।

जिल्लाको सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई सघाउ पुर्‍याउने उदेश्यले क्यामरा जडान गरिएको श्रेष्ठको भनाइ छ । ‘चोरीका घटना वा कुनै दुर्घटना भएमा क्यामराको फुटेज हेरेर घटना बारे थाहा पाउन सकिन्छ, फेरि घटनाको दोषी पत्ता लगाउन पनि सहयोग पुग्ने अपेक्षा गरेका छौ,’ उनले भने ।

जडान भएका क्यामरा प्रहरी कार्यालयको स्वामित्वमा रहेको छ । ‘हामीले नगरपालिकालाई हस्तान्तरण गर्‍यौ, नगरपालिकाले प्रहरी कार्यालयको स्वामित्व हुने गरी कार्यालयलाइ हस्तान्तरण गरेको छ,’ श्रेष्ठले भने । ठाउँठाउँमा जडान भएका क्यामरा र अप्टिकल फाइवरहरु सम्बन्धित टोल बिकास संस्थालाइ निगरानी गर्न आग्रह गरिएको केन्द्रले जनाएको छ ।

कुल २६ लाख ६६ हजार लागतमा क्यामरा जडान गरिएको हो । क्यामरा जडानका लागी गोरखा नगरपालिकाले १८ लाख सहयोग गरेको छ भने बाकी रकम अन्य संघसंस्थाबाट जुटाइएको केन्ऽले जनाएको छ । क्यामरा जडान भएसँगै जिल्लाको शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...