News Portal

अब सीसी टिभीको निगरानीमा गोरखा बजार

हिमाली संचार संवाददाता
६४० पटक

गोरखा : गोरखा बजारमा सीसी टिभी जडान गरिएको छ । सामुदायिक सेवा केन्द्रको अगुवाइमा ३९ वटा क्यामरा जडान गरिएको हो । गोरखा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ को मुख्य बजार क्षेत्रमा क्यामरा जडान गरिएको केन्ऽका अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए । ‘खोलखोलेको नगरपालिका चोक हुँदै पुरानो बसपार्क, बिपी चौतारा, ठूलो आँगनदेखि पाटेचौरको जिल्ला जनस्वास्थ्य कार्यालयसम्म क्यामरा जडान गरिएको छ,’ उनले भने ।

त्यस्तै, लोकतान्त्रिक चोकदेखि अस्पताल मार्गमा पनि क्यामरा जडान गरिएको उनले बताए । बिपी चौतारादेखि रोहटेपानी हुँदै नयाँ बसपार्कको क्षेत्रमा पनि क्यामरा जडान भएको उनले जानकारी दिए । चहलपहल बढी हुने क्षेत्रलाई मध्यनजर गर्दै क्यामरा जडान गरिएको उनको भनाइ छ । ३५ वटा फिक्स र चार वटा मुवेवल क्यामरा जडान गरेका छौ, मुवेवल क्यामरा ३६० डिग्रीमा घुमाउन मिल्छ,’ सीसी क्यामरा उपभोक्ता समिति संयोजक कैलाशबाबु श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर क्यामराको निगरानी गर्ने व्यवस्था मिलाइएको छ । निगरानीका लागि कन्ट्रोल रुममा दुईजना प्रहरी २४ सै घण्टा खटाइएको छ ।

जिल्लाको सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई सघाउ पुर्‍याउने उदेश्यले क्यामरा जडान गरिएको श्रेष्ठको भनाइ छ । ‘चोरीका घटना वा कुनै दुर्घटना भएमा क्यामराको फुटेज हेरेर घटना बारे थाहा पाउन सकिन्छ, फेरि घटनाको दोषी पत्ता लगाउन पनि सहयोग पुग्ने अपेक्षा गरेका छौ,’ उनले भने ।

जडान भएका क्यामरा प्रहरी कार्यालयको स्वामित्वमा रहेको छ । ‘हामीले नगरपालिकालाई हस्तान्तरण गर्‍यौ, नगरपालिकाले प्रहरी कार्यालयको स्वामित्व हुने गरी कार्यालयलाइ हस्तान्तरण गरेको छ,’ श्रेष्ठले भने । ठाउँठाउँमा जडान भएका क्यामरा र अप्टिकल फाइवरहरु सम्बन्धित टोल बिकास संस्थालाइ निगरानी गर्न आग्रह गरिएको केन्द्रले जनाएको छ ।

कुल २६ लाख ६६ हजार लागतमा क्यामरा जडान गरिएको हो । क्यामरा जडानका लागी गोरखा नगरपालिकाले १८ लाख सहयोग गरेको छ भने बाकी रकम अन्य संघसंस्थाबाट जुटाइएको केन्ऽले जनाएको छ । क्यामरा जडान भएसँगै जिल्लाको शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...