News Portal

सुजिता आचार्य र अमृता बन्जाराको मौलिक गीत “घाईते मुटु उपहार” बजारमा(भिडियो सहित)

हिमाली संचार संवाददाता
६८१ पटक

काठमाडौँ : मौलिक नेपाली लोक तथा दोहोरी गीत संगीतको दुनियाँमा आफ्नो पृथक पहिचान स्थापित गर्दै आएका काव्य म्युजिक सेन्टरको उत्पादनमा सुजिता आचार्य र अमृता बन्जाराको नयाँ मौलिक लोक दोहोरी गीत “घाईते मुटु उपहार” को म्युजिक भिडियो संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ ।

मौलिक गीत संगीतका प्रखर गायक रमेश श्रेष्ठ र कन्चन के.सी.को सुमधुर स्वरमा सजिएको यस गीतमा रमेश श्रेष्ठ कै लय तथा कन्चन केसी र सिन्धुको शब्द सिर्जना रहेको छ ।

गौरव गिरीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा राज तामाङ, संचारकर्मी शिवराम भण्डारी, सन्ध्या, बेनिशा लगायतको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रमेश श्रेष्ठले नै गरेका हुन् भने छायांकन  सागर गौतमको र सम्पादान रमित ओलीको सम्पादन रहेको छ ।

“घाईते मुटु उपहार” बोलको गीतलाई दृश्य निर्माण भने डी आर फिल्म्स प्रालिको रहेको छ । माया प्रेममा हुने विछोडको मर्म र पीडालाई यस गीतको मुख्य विषयवस्तु बनाईएको गायक, निर्देशक तथा सर्जक रमेश श्रेष्ठले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...