News Portal

एक अध्याय प्रेमको

हिमाली संचार संवाददाता
६५० पटक

– ॠतु सिंह

हिउदे खोला पनि वर्षातमा सुक्छ भनेँ
अर्जुनको वाण पनि निशानामा चुक्छ भनेँ
म के भन्न र गर्न सक्छु र !
मात्र
भावनाका केही तरेलीहरु पोख्नबाहेक
अपनत्वको आभामा सयरङ्गी
फूलहरूको मालाझैँ उनिदिने मन
तर
तिमी स्नेहयुक्त साइनोले
ती सयरङ्गी फूलका
मालाहरुलाई सम्झनाका आकृतिहरुमा
दिगदिगन्तसम्म चीरस्थायी बनाउने
अपेक्षामा टाढा भएछोै
जीवन साहचर्यका प्रथम प्रथम
रमाइला उन्मेषहरु, सहवास

ठट्योैलीहरुका
एक अध्यायबाट बिदाइ भएछोै
के ती दिन र क्षणहरु ऋतु परिवर्तनको क्रमझैँ
फेरि -फेरि फर्केर आउँला त ?
अहँ आउदैन, कदापी आउदैन
सायद
यहीनिर प्रकृति निष्ठुर भएकी छिन् की ?
त्यसैले त भन्न मन लाग्छ,
जीवन सलल बगिरहन्छ
बगिरहन्छ ।

भरतपुर, चितवन।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...