News Portal

पुलिसलार्इ स्तब्ध बनाउँदै संकटा दोस्रो स्थानमा उक्लियो

हिमाली संचार संवाददाता
८०० पटक

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब संकटासँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा संकटाले पुलिसलाई २-१ गोलअन्तरले स्तब्ध पारेको हो ।

संकटाको जितमा संकटाको जितमा सरोज दाहाल र दिनेश आलेमगरले गोल गरे । यता, पुलिसका लागि रविशंकर पासवानले गोल गरे ।

खेलको २९ औं मिनेटमा सरोजले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा दिनेशले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि अर्थात खेलको ३९ औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई २-१ गोलको स्थितिमा पुर्‍याउँदै खेलमा फर्किने संकेत देखाएका थिए ।

पहिलो हाफमा २-१ गोलको अग्रता दोस्रो हाफमा पनि कायमै राख्दै संकटाले जित हात पारेको हो । पुलिसले एकपछि अर्को आक्रमक खेल खेलेपनि फिनिसिङमा चुक्दा हार ब्यहोरेको हो ।

जितसँगै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्यहोरेको संकटाले १५ अंक बनाउँदै लिगको दोस्रो स्थानमा रहेको हो । समान १५ अंक रहेको लिग लिडर मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरमा अघि रहंदै शीर्ष स्थानमा छ ।

पराजित पुलिस भने लिगको पाँचौ स्थानमा छ । पुलिसको ६ खेलबाट १० अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...