News Portal

पुलिसलार्इ स्तब्ध बनाउँदै संकटा दोस्रो स्थानमा उक्लियो

हिमाली संचार संवाददाता
७६० पटक

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब संकटासँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा संकटाले पुलिसलाई २-१ गोलअन्तरले स्तब्ध पारेको हो ।

संकटाको जितमा संकटाको जितमा सरोज दाहाल र दिनेश आलेमगरले गोल गरे । यता, पुलिसका लागि रविशंकर पासवानले गोल गरे ।

खेलको २९ औं मिनेटमा सरोजले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा दिनेशले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि अर्थात खेलको ३९ औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई २-१ गोलको स्थितिमा पुर्‍याउँदै खेलमा फर्किने संकेत देखाएका थिए ।

पहिलो हाफमा २-१ गोलको अग्रता दोस्रो हाफमा पनि कायमै राख्दै संकटाले जित हात पारेको हो । पुलिसले एकपछि अर्को आक्रमक खेल खेलेपनि फिनिसिङमा चुक्दा हार ब्यहोरेको हो ।

जितसँगै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्यहोरेको संकटाले १५ अंक बनाउँदै लिगको दोस्रो स्थानमा रहेको हो । समान १५ अंक रहेको लिग लिडर मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरमा अघि रहंदै शीर्ष स्थानमा छ ।

पराजित पुलिस भने लिगको पाँचौ स्थानमा छ । पुलिसको ६ खेलबाट १० अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...