News Portal

ग्वालावारी सा.ब.को १५ औं बार्षिक साधारण सभा सम्पन्न

हिमाली संचार संवाददाता
८०९ पटक

प्रकाश योगी/कंचनपुर : ग्वालावारी सामुदायिक बन उपभोक्ता समूहको १५ औं बार्षिक साधारण सभा ग्वालावारी सा.ब उ. स.को कृष्णपुर नगरपालिका २ वाणी कंचनपुरको कार्यलय परिसरमा सम्पन्न भएको छ ।

कार्यक्रम सामुदायिक बनका अध्यक्ष बलराम पन्तको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख आतिथ्य कंचनपुर क्षेत्र नम्बर २ (क ) का माननीय प्रदेश सभा सदस्य महेश दत्त जोशीको रहेको थियो  । बिशिस्ट अतिथी सब डिभिजन बन कार्यालय वाणीका प्रमुख बिश्वराज पण्डित र कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जयनारायण जोशीले बिशिस्ट अतिथिको आसन ग्रहण गर्नु भयो थियो ।

सो कार्यक्रममा सामुदायिक बनको कार्यालय परिसर भित्र घ्युकुमारीको बिरुवा रोपेर कार्यक्रमका प्रमुख अतिथि  प्रदेश सभा सदस्य महेश दत्त जोशीले बार्षिक साधारण सभाको उदघाटन गर्नु भयो थियो ।

कार्यक्रममा सा.ब.का कोषाध्यक्ष दान बहादुर महताले २०७४/२०७५ को बार्षिक आयब्यय विवरण प्रस्तुत गर्नु भएको थियो । जसमा रु. २८३३२२४ आयब्यय रहेको थियो। कोषाध्यक्ष महताले २०७५/२०७६ को  अनुमानित आयब्यय रु. २६१०००० प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सा.ब. का अध्यक्ष बलराम पन्तले आर्थिक बर्ष २०७५/२०७६ बार्षिक कार्ययोजना प्रस्ताव प्रस्तुत गर्नुभयो थियो ।

ग्वालावारी सामुदायिक बन उपभोक्ता समूहको १५औं  बार्षिक साधारण सभामा प्रस्तुत २०७४/२०७५ र  २०७५/७६ को आयब्यय र बार्षिक कार्ययोजना निम्नअनुसार छ्न ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...