News Portal

समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु, विप्लव असन्तुष्ट : मोर्चा विघटनको प्रस्तावले नेताहरू झस्किए

२१० पटक

काठमाडौं, साउन १३ – राजधानीको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक मंगलबार सुरु भएको छ। पछिल्लो राजनीतिक परिदृश्यमा मोर्चा भित्रको आन्तरिक मनोविज्ञान र भविष्यको रणनीति तय गर्न बोलाइएको बैठकमा सत्तारुढ घटक दलहरूका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा समसामयिक राष्ट्रिय राजनीति, सत्ता साझेदारीमा समाजवादी मोर्चाको भूमिका, र मोर्चाको संरचनागत भविष्यका विषयमा गहिरो छलफल भइरहेको मोर्चा निकट स्रोतले जानकारी दिएको छ।

यता, मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने पछिल्लो समय मोर्चाको कार्यशैलीबाट खुलेरै असन्तुष्ट देखिएका छन्। उनले मोर्चा विघटनको प्रस्तावसमेत अघि सारेपछि एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झस्किएका छन्। दुवै नेताबीच पछिल्ला केही दिनयता यो विषयमा पटकपटक गोप्य संवादसमेत भएको हिमाली स्रोतले जनाएको छ।

मोर्चा संयोजककै असन्तुष्टि र विघटनको चेतावनीसँगै आजको बैठक मोर्चाको अस्तित्व र भावी दिशा तय गर्ने संवेदनशील मोडमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...