News Portal

गगन थापा महानगरपालिकाको कार्यलयमै पुगेपछि झस्किए मेयर विद्यासुन्दर शाक्य !

हिमाली संचार संवाददाता
७९७ पटक

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलाइका बारेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग जानकारी लिएका छन् ।

मंगलबार कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यसहित महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलासुस्तीका बारेमा मेयर शाक्यसँग जानकारी मागेका हुन् ।

मेयर शाक्यले कमलपोखरीको ढाँचा र नक्साबारे सांसद थापालाई सम्पूर्ण जानकारी दिएका थिए । मेयर शाक्यको कुराबाट सांसद थापा पूर्णरुपमा सन्तुष्ट हुन नसकेपछि कमलपोखरीको नक्सा र ढाँचामा चित्त बुझाएका थिए ।

तत्कालीन एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका शाक्यले काम गर्न नसकेको भनेर आलोचना भैरहेका बेला कांग्रेसका युवा नेता एवम् सांसद थापाले कार्यालयमै पुगेर पुनर्निर्माणका विषयमा जानकारी लिएका हुन् ।

सांसद थापाले मेयर शाक्यलाई फोन गरेर भेट्न कार्यालयमै आउन लागेको जानकारी गराएपछि शाक्य झस्किएका थिए ।

कमलपोखरी सांसद थापाले जितेको काठमाडौं क्षेत्र नं. ४ मा पर्छ । कमलपोखरी पुनर्निर्माणमा मेयर शाक्यले आलटाल गरेर ढिलाइ गरेको गुनासो बढेको थियो । कांग्रेसका सांसद थापाले मेयर शाक्यले कमलपोखरी पुनर्निर्माण छिटोभन्दा छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।

थापाको निर्देशनपछि प्रक्रिया पुर्‍याएर छिट्टै कमलपोखरीको पुनर्निर्माण गर्ने आश्वासन मेयर शाक्यले दिएको कांग्रेसले जनाएको छ । कांग्रेसका सांसद थापाले महानगरपालिकाद्वारा तयार भएको कमलपोखरीको नक्सा र ढाँचा राम्रो भएको भनेर टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...