News Portal

देशभर आठ राजमार्ग पूर्ण अवरुद्ध, आधा दर्जनभन्दा बढी सडकमा एकतर्फी सवारी, यात्रु अलपत्र

४०९ पटक

काठमाडौं, साउन १३ – देशभर लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित मात्र होइन, यातायात पूर्वाधारमा समेत ठूला क्षति पुर्‍याएको छ। आइतबार रातिदेखि झरीले तिब्रता लिएपछि मुलुकका कम्तीमा आठ राजमार्ग पूर्णरूपमा ठप्प भएका छन् भने अन्य थुप्रै स्थानमा एकतर्फी सवारी मात्र सञ्चालन भइरहेको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार, पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गहरू यसप्रकार छन्:

🔹 सङ्खुवासभा: भोटखोला गाउँपालिकामा पर्ने कोशी राजमार्ग

🔹 रसुवा: गोसाइँकुण्ड गाउँपालिकामा रहेको नेपाल–चीन नाका जोड्ने पुल

🔹 सिन्धुपाल्चोक: भोटेकोशी गाउँपालिकाको अरनिको राजमार्ग

🔹 लमजुङ: मस्र्याङ्दी गाउँपालिकाको बेँसीशहर–मनाङ सडकखण्ड

🔹 गुल्मी: सत्यवती गाउँपालिकाको रुद्रवेणी–बामी सडक

🔹 गुल्मी: चन्द्रकोट गाउँपालिकाको रिडी–वामी सडक

🔹 रुकुम पश्चिम: आठबिसकोट नगरपालिकाको जाजरकोट–डोल्पा भेरी करिडोर

🔹 बैतडी: पाटन नगरपालिकाको दशरथ चन्द राजमार्ग

यी क्षेत्रमा ठूला पहिरो, बाढीले सडक बगाउनु वा ढुंगा-पर्खालसहितका संरचना ढलेपछि सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको हो। बाहिरीसँग सम्पर्क टुटेपछि ती क्षेत्रका स्थानीय बासिन्दा अहिले न आवतजावत गर्न सकिरहेका छन् न त राहत पुग्न सकेको छ।

त्यस्तै, केही सडकमा गाडीहरू आलोपालो रूपमा मात्रै चल्न दिइएको प्रहरीको भनाइ छ। सवारी प्रभावित रहेका सडकहरू यसप्रकार छन्:

🔸 काठमाडौंको टोखा–नुवाकोट सडकखण्ड

🔸 बाग्लुङको कालीगण्डकी करिडोर

🔸 नवलपरासी पूर्वको गैँडाकोट खण्ड

🔸 मुस्ताङको बेनी–जोमसोम सडकखण्ड

🔸 तनहुँको बन्दीपुरस्थित पृथ्वी राजमार्ग

🔸 रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग

सडक अवरोध हटाउन प्राविधिक टोली, डोजर र सुरक्षाकर्मी खटाइएका छन्, तर पानी नरोकेसम्म काममा ढिलाइ हुनसक्ने प्रष्ट छ।

ट्राफिक अवरोधका कारण अहिले सुदूर र मध्य पहाडी भेगका यात्रुहरू बीचमै बाटोमै रोकिएका छन्। आपतकालीन सेवाहरू समेत ढिलाइमा परेका छन्।

प्रहरीले अत्यावश्यकबाहेकका यात्रामा ननिस्कन र सम्भव भएसम्म वैकल्पिक मार्ग छनोट गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...