News Portal

रामेछापका प्रकाशराजले विश्वकै तेस्रो अपठ्यारो हिमाल चढेर फहराए नेपाली रास्ट्रीय झण्डा

हिमाली संचार संवाददाता
७८० पटक

काठमाडौं : गतबर्ष सगरमाथा आरोहण गर्नुभएका रामेछाप, लिखु तामाकोशी–७ तिल्पुङका प्रकाशराज पाण्डेले पुनः संसारकै तेस्रो अपठ्यारो हिमाल चढन सफल भएका छन् । पाण्डेले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्नुभएको हो । गाइडको सहयोगमा पाण्डेले कात्तिक २२ मा आमादब्लम आरोहण गरी राष्ट्रिय झण्डा फहराउनुभएको हो ।

पाण्डेले स्काउट र राष्ट्रिय युवा परिषद्को झण्डा चुचुरोमा पुर्याएर विश्वमै शान्तिको कामना गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मेरो देशलाई विश्वभर चिनाउन र विश्वमा शान्तिको कामना गरेर आमादब्लम हिमाल आरोहण गरेको हुँ ।’

आफूले हिमाल आरोहण गर्न थालेपछि जन्मभूमि रामेछापलाई पनि चिनाउने अवसर पाएको बताउदै आगामी दिनमा पनि हिमाल आरोहण लगायतको काम गरेर सामाजिक क्षेत्रमा क्रियाशिल हुने बताउनुभयो । पाण्डेले भन्नुभयो,‘मन दृढ इच्छा शक्ति भए अपठ्राहरु पन्छाउदै सफलता हात पार्न सकिन्छ ।’ उहाँले इच्छाशक्ति भए सबैले हिमाल आरोहण गर्न सक्ने पनि अनुभव सुनाउनुभयो ।

उहाँले लाङटाङको ‘वेडेन पावेल स्काउट हिमाल’ (५,८९० मिटर) दुई पटक र सोलुखुम्बुको आइल्यान्ड पिक (६,१६० मिटर) हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...