आज : २०२६-०७-०५, आइतबार

रामेछापका प्रकाशराजले विश्वकै तेस्रो अपठ्यारो हिमाल चढेर फहराए नेपाली रास्ट्रीय झण्डा

काठमाडौं : गतबर्ष सगरमाथा आरोहण गर्नुभएका रामेछाप, लिखु तामाकोशी–७ तिल्पुङका प्रकाशराज पाण्डेले पुनः संसारकै तेस्रो अपठ्यारो हिमाल चढन सफल भएका छन् । पाण्डेले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्नुभएको हो । गाइडको सहयोगमा पाण्डेले कात्तिक २२ मा आमादब्लम आरोहण गरी राष्ट्रिय झण्डा फहराउनुभएको हो ।

पाण्डेले स्काउट र राष्ट्रिय युवा परिषद्को झण्डा चुचुरोमा पुर्याएर विश्वमै शान्तिको कामना गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मेरो देशलाई विश्वभर चिनाउन र विश्वमा शान्तिको कामना गरेर आमादब्लम हिमाल आरोहण गरेको हुँ ।’

आफूले हिमाल आरोहण गर्न थालेपछि जन्मभूमि रामेछापलाई पनि चिनाउने अवसर पाएको बताउदै आगामी दिनमा पनि हिमाल आरोहण लगायतको काम गरेर सामाजिक क्षेत्रमा क्रियाशिल हुने बताउनुभयो । पाण्डेले भन्नुभयो,‘मन दृढ इच्छा शक्ति भए अपठ्राहरु पन्छाउदै सफलता हात पार्न सकिन्छ ।’ उहाँले इच्छाशक्ति भए सबैले हिमाल आरोहण गर्न सक्ने पनि अनुभव सुनाउनुभयो ।

उहाँले लाङटाङको ‘वेडेन पावेल स्काउट हिमाल’ (५,८९० मिटर) दुई पटक र सोलुखुम्बुको आइल्यान्ड पिक (६,१६० मिटर) हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।