News Portal

  • एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए कसरी ?

    ५६९ पटक

    काठमाण्डौ। नेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो पटक जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसअघि उनी मनोनितको रुपमा जिल्ला सचिव भएका थिए। मनोनित सचिव हुनुअघि उनी कार्यालय सचिव थिए। उनै जिल्ला अध्यक्ष आचार्यको अबैध धन्दा मानव तस्करी अहिले आएर खुल्न आएको हो।

    उसो त आचार्य एमालेको केन्द्रमा महासचिव शंकर पोखरेलको निकट मानिन्छन। आफ्नो काण्ड खुलेर उताबाट पोश नपुगेपछि पछिल्लो समय केशरिडाइभर्ट गरेर मुन्टो लुकाउन उनी विद्या भण्डारीको गुटमा सरिक भएका छन्। त्यसलाई नबुझेका जिल्लाका उनी निकटका कार्यकर्ताहरु अहिले विद्या भण्डारीको गुटमा सक्रिय गतिविधि गरिरहेको छन। एमालेका नेताहरुको चरित्र भनेको आफू चोखो देखाउन कार्यकर्तालाइ घोडा बनाउने नै हो। त्यो चलनलाइ आचार्यले पनि निरन्तरता दिएका छन्।

    ललितपुर जिल्लामा गत स्थानीय तहको निर्वाचनको चरणमा पालिका र वडामा उम्मेदवार चयन प्रक्रियामा चरम लापरवाही गरेको काण्ड छिपेको छैन। आचार्यले प्रति उम्मेदवार टिकटको मूल्य निर्धारण गरेर बिक्री गरेको आरोप खुलेआम बैठकमा नै उठेको हो। त्यो कुरा बाहिर समेत खेपेका आचार्य जिल्ला अधिवेशनमा पुनःविजय भएपछि यो विषय ओझेलमा पारिएको थियो।

    हुन त यो बिषय आचार्यको मात्र होइन एमाले ललितपुरकै नेतृ पार्टी पोलिटब्युरो सदस्य तथा पूर्व सांसद सुशीला नेपाल पनि उनै आचार्यसँग जोडिँदै आएकी छन्। यही कारणले नै स्थानीय तहमा व्यापक असन्तुष्टि थियो। त्यसैका कारण निर्वाचन परिणाममा एमाले ललितपुरले लज्जाजनक स्थिति व्यहोर्नु पर्यो। यति मात्र होइन कतिपय पालिकामा एमाले क्लिन स्विप भएको थियो। त्यहि असर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत देखियो। बिगतमा एमाले पार्टी ललितपुर जिल्लामा एमाले गढको रुपमा मानिन्थ्यो तर पछिल्लो निर्वाचनमा उनै आचार्यका कारण परिणाम एमालेको पक्षमा आउन सकेन।

    यतिबेला पुरुषोत्तम आचार्य अर्को गम्भीर आरोपमा मुछिएका छन्। एमाले दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै औपचरिक भ्रमण समेत भएको युरोपियन मुलुक स्पेनमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा तस्करहरुले विभिन्न माध्यमबाट मानव तस्करी गरी थुप्रै नेपालीहरुलाई स्पेन पठाउने कार्य गरेको तथ्य यस पहिला नै पर्दाफास गरिएको थियो। बिषयले संघीय संसदमा हङ्गामा नै मच्चायो। यो विषय संसदमा उठान गर्ने रास्वपा सांसद सोभिता गौतम थिइन्। उनैले किन बिषय उठाइन भन्दा रास्वपासँग नजिक भएका केही व्यक्ति पनि यो काण्डमा संलग्न भएका थिए। उसो त स्पेनमा रास्वपाको राष्ट्रिय संगठन पनि छ। त्यो सूचना सांसद गौतमसंग पुरा रुपमा नै थियो।

    पुरुषोत्तम आचार्य मानव तस्करीसँग कसरी जोडिए ?

    पुरुषोत्तम आचार्यको गुटकै ललितपुरका अर्का व्यक्ति छन् एमाले प्रदेश कमिटी सदस्य प्रदिप शर्मा चौलागाईँ। उनी पहिले बानेश्वरमा कार्यालय भएको ‘युथ एनजिओ फेडेरेशन’ मा जागिर गर्थे। त्यस फेडेरेशनका अध्यक्ष कमल सुवेदी थिए। सुवेदी हाल रास्वपाका नेता छन्। त्यो सुबेदी-चौलागाइँ सम्पर्क अझै पनि कायम नै छ। उनै चौलागाईँ भने हाल पुरुषोत्तम आचार्य अध्यक्ष भएको ललितपुरमा दर्ता रहेको ‘समाज परिवर्तनका लागि एकता’ भन्ने संस्थामा मुख्य कर्मचारी भएर काम गर्छन्।

    हाम्रो अनुसन्धान स्रोतका अनुसार यो संस्थाको २०८१ भदौ १५ गतेको साधाराणसभाको अभिलेखमा अध्यक्ष पुरुषोत्तम आचार्य, उपाध्यक्ष घनश्याम कँडेल र अन्य सदस्यहरुमा अञ्जना चौलागाईँ, दिनेश लामीघाते दीक्षित, दुर्गा उपाध्याय, विन्दु चौलागाईँ, मदन अधिकारी, शिव सुनार, कमल पनेरु र झपेन्द्र खत्री छन्। झपेन्द्र खत्री पाटन क्याम्पसको अखिलबाट स्ववियु सभापति समेत भएका नेता हुन् भने दुर्गा उपाध्याय पनि एमाले अखिलका पुराना नेता हुन्।

    यो संस्थाले पार्टीको पहुँच र पदीय हैसियत दुरुपयोग गरेर स्थानीय पालिका र वडाहरुको बजेट ल्याउने र हल्काफुल्का कमिशन खाने काम गर्ने गर्दछ। तर यो संस्थाको न कतै कार्यालय छ न कतै देखिने अरु अस्तित्व नै छ। देखाउने संस्था तर गर्ने तस्करी भएकाले यसलाई गुपछुप रुपमा राखिएको दावी संबद्ध पक्षको छ।

    जब न्युज २४ टेलिभिजनको जनतासँग सिधा कुरा कार्यक्रममा पत्रकार विजय जैरुले स्पेनमा मानव तस्करी प्रकरणको विषय उठाए तब उनको कार्यक्रममा ललितपुरको यो ‘समाज परिवर्तनका लागि एकता’ भन्ने संस्था पनि संलग्न रहेको खुलासा भयो। यस संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्य भन्ने तथ्य खुल्यो। आचार्य संलग्न भन्ने कथा बढेर गयो। त्यसपछि प्रदिप शर्मा चौलागाइको भनाइ सहित विषय बाहिर आयो।

    कमल सुवेदी भन्ने व्यक्तिले यो संस्थाको काम विदेश बसेर अनधिकृत रुपमा दुरुपयोग गरेको भन्ने कुरो पनि उनैले उल्लेख गरे। दाङका कमल सुवेदी गत आम निर्वाचनमा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेदवार समेत भएका थिए। सुवेदीसँग प्रदिप शर्मा चौलागाईँको हिमचिम र सम्बन्ध अहिले पनि उत्तिकै भएको बुझिन्छ।

    यो प्रकरण लगत्तै सोही संस्थाले जिल्ला प्रशासन कार्यालय ललितपुुरमा संस्थाको नक्कली लेटरप्याड र छाप दुरुपयोग गरेको देखिएको भनी छानविन गरिदिन निवेदन दिए। सो निवेदनमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानविन गर्न भनि जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रसहित सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। कुरा चाहिं छानविन गर्ने होइन बिषय लुकाउन आचार्य आफैंले घुमाएका हुन् भन्ने आरोप छ।

    यो पत्र लेखिनुले त झन् ‘समाज परिवर्तनका लागि एकता’ भन्ने संस्थाले स्पेन प्रकरणमा मानव तस्कर गरेको आशंका थप्ने काम गर्यो। दोष अर्कोलाई थोपर्न सकिन्छ कि भनेर लेटरप्याड र छाप दुरुपयोग भएको बहाना गरिएको कुरा पछिल्लो खोजिबाट जानकारी प्राप्त भएको छ। यदि संस्थाको छाप र लेटरप्याड जस्तो सामान दुरुपयोग भएको भए पनि जिम्मा त आधिकारिक व्यक्तिले नै लिनुपर्छ भन्ने कुरा कानुनी प्राबधान छ।

    स्पेन प्रकरणको विषय सिधै प्रधानमन्त्रीसँग जोडिएको हुनाले सरकार गम्भीर भएको बुझिन्छ। त्यसमाथि पनि ओली आफ्नो आरोप लुकाउन जुन हदसम्म पनि जानेगर्छन। त्यसैले यतिबेला सरकारले यो विषय छानविन गर्न नेपाल प्रहरीको सीआइबीलाई जिम्मा दिएको र त्यहाँ अनुसन्धानका लागि वरिष्ठ प्रहरी अधिकृतलाई तोकिएको बुझिएको छ।

    पार्टीका जिल्ला अध्यक्ष र प्रदेश कमिटीको सदस्य जस्तो उच्च तहमा रहेर एनजिओ चलाउने र त्यसैका नाममा अवैध गतिविधि समेत गर्ने पुरुषोत्तम आचार्य र प्रदिप शर्मा चौलागाईले यसको सफाइ पाउलान् या नपाउलान् यसका लागि त पर्खिनुनैपर्छ। तर यस प्रकरणमा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ सम्म पैसा लिएर प्रधानमन्त्री समेत जोडेर युरोप पठाउने अवैध मानव तस्करी गरेको आरोप खेप्नु सामान्य विषय भने पक्कै होइन।

    एमालेले मानव तस्करीसँग जोडिएका आचार्य र चौलागाईलाइ पार्टी नेतृत्वले सोधपुछ गरेको पनि बुझिएको छ। नेपाल प्रहरीको सीआइबीले पनि बयानका लागि आचार्य र चौलागाईलाई बोलाएको बुझिएको छ। एमाले नेतृत्वले भने सीआइबीको अनुसन्धान पर्खेको हुन सक्छ या हिसाब मिलानको लागि प्रतिशत खोजेको हुनसक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...

    मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

    चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई...

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...