News Portal

डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

१९१ पटक

काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको र यसलाई अँगाल्न ढिलाइ गर्न नहुने स्पष्ट सन्देश दिएका छन्। आइतबार पार्टीको सानेपा स्थित केन्द्रीय कार्यालयमा विज्ञान तथा सूचना प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब भविष्यको कल्पना नभई वर्तमानको अपरिहार्यता भएको बताए।

“आजको युग इन्टरनेट र एआईको हो,” देउवाले भने, “हामीले यसको प्रयोग थालिसकेका छौं, तर अझ व्यापक ढंगले विस्तार गर्न सक्ने हो भने यसले मुलुकलाई ठुलो फड्को मार्न सहयोग गर्नेछ।”

उनले एआईको प्रयोग शिक्षादेखि स्वास्थ्य, कृषिदेखि पूर्वाधार र रोजगारीसम्मका विविध क्षेत्रहरूमा प्रभावकारी रूपमा गर्न सकिने भन्दै राज्य र पार्टी दुवैले यसमा प्राथमिकता दिनुपर्ने धारणा राखे।

“देशले अहिलेको आवश्यकता अनुसारको बाटो समाउन नसक्ने हो भने पछाडि पर्छौं। एआई प्रविधिको प्रयोग कुनै विलासी कल्पना होइन, अबको समयले मागेको आवश्यकता हो,” देउवाको स्पष्ट सन्देश थियो।

सभापति देउवाले डिजिटल नेपालको परिकल्पनालाई व्यवहारमा उतार्न विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै यस दिशामा गम्भीरताका साथ लाग्न सबैलाई आग्रह गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...