News Portal

कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

१८० पटक

विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई खारेज गर्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन् । प्रदेशसभा बैठकको विशेष समय लिँदै मन्त्री मण्डलले घुसको आरोपलाई “आधारहीन, पूर्वाग्रही र चरित्र हत्या गर्न खोजिएको” भन्दै खण्डन गरेका हुन् ।

सचिवालयका कर्मचारीमार्फत क्युआर कोड पठाएर रकम मागिएको भनिएको विवाद सार्वजनिक भएपछि मन्त्री मण्डलले आइतबार खुलेर बोले । आरोपप्रति जवाफ दिँदै उनले नेपाली सङ्गीतकर्मी नवीन के भट्टराईको चर्चित गीत “खाँदै नखाएको विषले जिउँदै मार्‍यो” गाएर आफ्ना भावनाहरू व्यक्त गरे ।

“बजारमा देखिएको त्यो क्युआर कोड मेरो मोबाइलबाट पठाइएको होइन,” मन्त्री मण्डलले जिकिर गरे, “त्यो कोड कसको हो, किन र कसका लागि बनाइएको हो भन्ने विषयमा मेरो कुनै संलग्नता छैन ।”

क्युआर कोड पठाउने व्यक्ति अमृत मेहतालाई लिएर उठेको प्रसङ्गमा मन्त्री मण्डलले अमृत आफूको सचिवालयमा कहिल्यै नियुक्त नभएको दाबी गरे । यद्यपि अमृत मन्त्रालयमा सन्तोष मेहताको नाममा काम गर्दै आएका थिए, जो उनका सिधै भाइ हुन् ।

सूचनाहरूअनुसार अमृतले कार्यकर्ता व्यवस्थापन र पार्टी गतिविधिका लागि रकम आवश्यक परेपछि क्युआर कोड पठाएको आरोप लागेको छ । घटनापछि मन्त्री मण्डलले उनलाई सचिवालयबाट हटाइसकेका छन् । तर, मण्डलले प्रदेशसभामा उभिएर भने, “कुनै पनि प्रमाणबिना यस्ता गम्भीर आरोप लगाउनु न्यायसंगत होइन ।”

उनको भनाइमा अझ जोड दिँदै उनले भने, “गल्ती देखाउने तर प्रमाण दिन नपर्ने? के म कागले कान लग्यो भन्दै कान समात्न नजानेको व्यक्ति हुँ? यो सरासर अन्याय हो । मेरो सचिवालय वा मैले कुनैपनि माध्यमबाट रकम मागेको प्रमाण छ भने सार्वजनिक गरियोस् । म कानुनी कारबाही सामना गर्न तयार छु ।”

मन्त्री मण्डलले यो सम्पूर्ण प्रकरण नियोजित रूपमा आफ्नाे छविलाई धूमिल पार्ने अभियान भएको आरोप लगाए । उनले निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गर्दै दोषी पाइए कारबाहीको मागसमेत गरे ।

सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एकजना प्रदेशसभा सदस्यले भने, “मण्डलको प्रस्तुतिमा पीडाको आवाज थियो । अब सत्य के हो भन्ने निष्कर्ष कानुनी निकायले नै दिनुपर्छ ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...