News Portal

विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

१८४ पटक

काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल बढेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता र अध्यक्ष पदप्रतिको नजरलाई लिएर पार्टी केन्द्रीय कमिटीले हस्तक्षेप गर्नुपरेको स्पष्ट पारेका छन्।

बालुवाटारमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले भने, “देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै अध्यक्ष पदमा आँखा गाडेपछि पार्टी निर्णय प्रक्रियामा जान बाध्य भयो।” उनले थपे, “हामीले उहाँ राजनीतिमा फर्कनुहुन्छ भन्ने कल्पना नै गरेका थिएनौं।”

ओलीका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा रहनुपर्ने पदबाट निवृत्त भएकी भण्डारीले पार्टी राजनीति भित्रिन खोज्दा उनको आफ्नै प्रतिष्ठामा आँच पुग्ने खतरा पैदा भएको छ। उनले भने, “लामो समयको संघर्षपछि प्राप्त उपलब्धिको प्रतीक भएर रहनुपर्ने व्यक्तिले सामान्य सदस्यताको विषयलाई लिएर विवाद सिर्जना गर्दा उहाँकै गरिमा घटेको छ।”

छलफलका क्रममा ओलीले पार्टीभित्र देखिएको हालको परिस्थितिलाई “सानो हावाको झोक्का” भन्दै त्यसमा अलमलिनु आवश्यक नरहेको उल्लेख गरे। उनले पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न नेताहरूलाई आग्रह गर्दै भने, “हामीले इतिहासमा ठूलाठूला आँधीबेहरी पार गरेर यहाँसम्म ल्याएका हौं। अहिले देखिएको अवस्था सामान्य हो, समाधान हुन्छ।”

ओलीले आफू नेतृत्वमा आएदेखि नै पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न कटिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचन (२०८४) लाई ध्यानमा राखेर एमालेलाई पुनः जनादेश प्राप्त पहिलो शक्ति बनाउने लक्ष्यमा अघि बढ्नुपर्ने बताए। उनले जोड दिँदै भने, “पार्टी र देशको हितलाई प्राथमिकता दिनुपर्छ, व्यक्तिगत आकांक्षाले हैन, संस्थागत अनुशासन र मार्गदर्शनले पार्टी अगाडि बढ्छ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...