News Portal

चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

२२८ पटक

काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पार्दै त्यो पूर्णतः भ्रामक र तथ्यहीन भएको बताएका छन्।

आइतबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले भने, “चितवनमा अहिले देखिएको विद्युत् आपूर्तिको समस्या लोडसेडिङ होइन, नियमित मर्मत कार्य हो। पुरानो कन्डक्टरले बढ्दो लोड धान्न नसक्ने भएकाले नयाँ कन्डक्टर जडान गर्न आपूर्ति केही समयका लागि रोकिएको हो।”

उनका अनुसार, चनौली वितरण केन्द्रअन्तर्गतको भरतपुर १३२/३३ केभी सबस्टेशनबाट ३३ केभी डग कन्डक्टरमार्फत आपूर्ति हुने क्षेत्रहरूमा पुरानो संरचनाले बढी लोड नधानेपछि नयाँ संरचना निर्माणको काम अघि बढाइएको छ।

अत्यधिक गर्मी, रोपाइँको चाप र आकाशे पानी नपरेको अवस्थामा सिँचाइ लोड ह्वात्तै बढेपछि विद्युत् प्रवाह असन्तुलित भएको छ। त्यसका कारण नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट वितरण हुने क्षेत्रमा केही घण्टाको विद्युत् कटौती गर्नुपरेको हो।

प्राधिकरणले औपचारिक रूपमा ६ घण्टासम्मको कटौती तालिका प्रकाशित गर्दै जनतालाई समयमै सूचित गरिसकेको छ। हाल ३०० एम्पिएर क्षमताको तारमा ४५० एम्पिएरसम्मको लोड पुगेपछि सम्भावित जोखिमबाट जोगिन आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ।

शाक्यका अनुसार दीर्घकालीन समाधानस्वरूप बसेनी सबस्टेशनबाट वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माण भइरहेको छ, जसले भविष्यमा यस्ता समस्याको अन्त्य गर्ने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, डेडिकेटेड र ट्रंक लाइन सेवाका ग्राहकहरूसँगको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि लम्ब्याइएको जानकारी पनि शाक्यले दिएका छन्।

समितिले निर्णय गरेपछि बाँकी रकम असुल गरिने र तिर्न नमानेमा सम्बन्धित लाइनहरू काटिने चेतावनीसमेत उनले दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...