News Portal

मिनिल्याण्डले गर्‍यो स्वागत

२७० पटक

रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम रंगेली नगरपालिकाको सभाहलमा आयोजित गरिएको थियो, जहाँ नयाँ विद्यार्थीहरूलाई दोसल्ला ओढाएर सम्मानपूर्वक स्वागत गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न गीत तथा नृत्य प्रस्तुति सहित मनोरञ्जनात्मक रूपमा स्वागत गरिएको थियो। विद्यार्थीहरू मात्र नभई, अभिभावकहरूलाई समेत अन्तरक्रिया कार्यक्रममा सहभागी गराइएको थियो।

कार्यक्रममा नगर प्याब्सनका अध्यक्ष गोपाल भट्टराई, मोरङ जिल्ला प्याब्सनका सदस्य जीवन खनाल, विद्यालयका प्रिन्सिपल विकर्ण कार्की, शिक्षक धर्मध्वज पौडेल, सुरज सुवेदी, दीपक बस्नेत, डिगेन्द्र भट्टराई, अभिषेक अधिकारी, निलेश दाहाल लगायतको उपस्थिति थियो।

पछिल्लो समय रंगेली क्षेत्रबाहिर अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढेको भए पनि, मिनिल्याण्ड बोर्डिङ स्कुलले न्यून शुल्कमा आफ्नै नगरभित्रै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रिन्सिपल कार्कीले जानकारी दिए। साथै, उनले अभिभावकहरूको मानसिकता परिवर्तन गर्दै विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा दिन सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...