News Portal

मिनिल्याण्डले गर्‍यो स्वागत

२०० पटक

रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम रंगेली नगरपालिकाको सभाहलमा आयोजित गरिएको थियो, जहाँ नयाँ विद्यार्थीहरूलाई दोसल्ला ओढाएर सम्मानपूर्वक स्वागत गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न गीत तथा नृत्य प्रस्तुति सहित मनोरञ्जनात्मक रूपमा स्वागत गरिएको थियो। विद्यार्थीहरू मात्र नभई, अभिभावकहरूलाई समेत अन्तरक्रिया कार्यक्रममा सहभागी गराइएको थियो।

कार्यक्रममा नगर प्याब्सनका अध्यक्ष गोपाल भट्टराई, मोरङ जिल्ला प्याब्सनका सदस्य जीवन खनाल, विद्यालयका प्रिन्सिपल विकर्ण कार्की, शिक्षक धर्मध्वज पौडेल, सुरज सुवेदी, दीपक बस्नेत, डिगेन्द्र भट्टराई, अभिषेक अधिकारी, निलेश दाहाल लगायतको उपस्थिति थियो।

पछिल्लो समय रंगेली क्षेत्रबाहिर अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढेको भए पनि, मिनिल्याण्ड बोर्डिङ स्कुलले न्यून शुल्कमा आफ्नै नगरभित्रै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रिन्सिपल कार्कीले जानकारी दिए। साथै, उनले अभिभावकहरूको मानसिकता परिवर्तन गर्दै विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा दिन सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...