News Portal

इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

१७४ पटक

काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान पुगेका ती नेपालीलाई पक्राउ गरी थुनामा राखिएको थियो। तर, तीव्र कूटनीतिक प्रयासपछि इरानको अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपाल सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहकार्यमा उनीहरू बिहीबार काठमाडौं अवतरण गरेका हुन्।

गत जुन १३ देखि इजरायल र इरानबीच सैन्य द्वन्द्व सुरु भएपछि इरानमा रहेका धेरै नेपाली नागरिक संकटमा परेका थिए। जुन २३ मा युद्धविराम भए पनि त्यहाँ फसेका नेपालीहरूको अवस्था गम्भीर बन्दै गएको थियो। यसै सन्दर्भमा नेपाल सरकारले इजरायलस्थित नेपाली दूतावास, दोहा र तेहरानस्थित नियोगहरूसँग निरन्तर समन्वय गरेको थियो।

द्वन्द्वकै दौरान नेपाल सरकारको विशेष आग्रहमा भारत सरकारले समेत सक्रिय भूमिका निर्वाह गर्दै इरानबाट ९ जना नेपालीको उद्दार गरेको थियो। तीमध्ये केही स्वदेश फर्किसकेका छन् भने बाँकीलाई क्रमशः फर्काइँदैछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...