News Portal

भिजिट भिसाबाट विदेश बसेर फर्किएकैलाई मन्त्री बनाइएको उदाहरण हाम्रैसामु छ : प्रमुख सचेतक घिमिरेको कटाक्ष

१४६ पटक

काठमाडौं, साउन ९ – प्रतिनिधिसभाको बैठकमा आज विशेष टिप्पणी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूप्रति गहिरो व्यङ्ग्य गरेका छन्। संसदमा भिजिट भिसासम्बन्धी लगातार उठिरहेको विवादबीच घिमिरेले भिजिट भिसाको प्रयोग गरेर विदेशमा स्थायी बसोबास गरेका, उतै विवाह गरेका र उतैको नागरिकता लिएर फर्किएकाहरू नै अहिले मन्त्री र उपप्रधानमन्त्री बनेको टिप्पणी गरेका हुन्।

उनले भने, “भिजिट भिसाबारे दुई महिनादेखि निरन्तर चिन्ता गरिरहनुभएको छ, तर यस्तो अभ्यास त हामीले देखिसकेका छौँ। भिजिट भिसामा विदेश गइन्छ, उतैको नागरिकता लिइन्छ, उतै घरजम गरिन्छ, केही समयपछि नेपाल फर्किन्छ, एक-एक गर्दै पार्टी खोलिन्छ, गृह मन्त्रालय चलाइन्छ, र अन्ततः उपप्रधानमन्त्री पद पनि सम्हालिन्छ। यस्तो अभ्यास भएकै हो, फेरि किन यति धेरै चिन्ता गर्नु?”

उनको यो कटाक्ष रास्वपा अध्यक्ष रवि लामिछाने र सांसद सुमना श्रेष्ठतर्फ लक्षित भएको स्पष्ट देखिन्छ। विगतमा लामिछानेले अमेरिकी नागरिकता लिएको र सुमना श्रेष्ठले बेलायती नागरिकता लिएको विषय सार्वजनिक भइसकेको छ।

सचेतक घिमिरेले रास्वपाका धेरै सांसदले भिजिट भिसाबाटै हालको राजनीतिक यात्राको सुरुवात गरेको दाबी गर्दै, अहिले भिजिट भिसालाई लिएर अत्यधिक हल्ला गर्नुको अर्थ नरहेको संकेत गरे।

उनले थपे, “अन्तर्राष्ट्रिय कानुनअनुसार भिजिट भिसामा गएर उतैको नागरिकता लिनु, उतै विवाह गरेर बस्नु गलत हो भन्ने कुरा पनि प्रस्ट छ। तर हामीले यस्ता अभ्यासहरूलाई स्विकार्दै आएका छौं भने यति धेरै हायलकायल गर्नु आवश्यक छैन।”

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...