News Portal

भिजिट भिसाबाट विदेश बसेर फर्किएकैलाई मन्त्री बनाइएको उदाहरण हाम्रैसामु छ : प्रमुख सचेतक घिमिरेको कटाक्ष

२२४ पटक

काठमाडौं, साउन ९ – प्रतिनिधिसभाको बैठकमा आज विशेष टिप्पणी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूप्रति गहिरो व्यङ्ग्य गरेका छन्। संसदमा भिजिट भिसासम्बन्धी लगातार उठिरहेको विवादबीच घिमिरेले भिजिट भिसाको प्रयोग गरेर विदेशमा स्थायी बसोबास गरेका, उतै विवाह गरेका र उतैको नागरिकता लिएर फर्किएकाहरू नै अहिले मन्त्री र उपप्रधानमन्त्री बनेको टिप्पणी गरेका हुन्।

उनले भने, “भिजिट भिसाबारे दुई महिनादेखि निरन्तर चिन्ता गरिरहनुभएको छ, तर यस्तो अभ्यास त हामीले देखिसकेका छौँ। भिजिट भिसामा विदेश गइन्छ, उतैको नागरिकता लिइन्छ, उतै घरजम गरिन्छ, केही समयपछि नेपाल फर्किन्छ, एक-एक गर्दै पार्टी खोलिन्छ, गृह मन्त्रालय चलाइन्छ, र अन्ततः उपप्रधानमन्त्री पद पनि सम्हालिन्छ। यस्तो अभ्यास भएकै हो, फेरि किन यति धेरै चिन्ता गर्नु?”

उनको यो कटाक्ष रास्वपा अध्यक्ष रवि लामिछाने र सांसद सुमना श्रेष्ठतर्फ लक्षित भएको स्पष्ट देखिन्छ। विगतमा लामिछानेले अमेरिकी नागरिकता लिएको र सुमना श्रेष्ठले बेलायती नागरिकता लिएको विषय सार्वजनिक भइसकेको छ।

सचेतक घिमिरेले रास्वपाका धेरै सांसदले भिजिट भिसाबाटै हालको राजनीतिक यात्राको सुरुवात गरेको दाबी गर्दै, अहिले भिजिट भिसालाई लिएर अत्यधिक हल्ला गर्नुको अर्थ नरहेको संकेत गरे।

उनले थपे, “अन्तर्राष्ट्रिय कानुनअनुसार भिजिट भिसामा गएर उतैको नागरिकता लिनु, उतै विवाह गरेर बस्नु गलत हो भन्ने कुरा पनि प्रस्ट छ। तर हामीले यस्ता अभ्यासहरूलाई स्विकार्दै आएका छौं भने यति धेरै हायलकायल गर्नु आवश्यक छैन।”

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...