News Portal

दिल्लीबाट रोकिए कुवेत हिँडेका ४७ नेपाली महिला, मानव तस्करीको आशंकामा कडा अनुसन्धान

२५० पटक

काठमाडौं, साउन ९ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला फर्काइएका छन्। वैदेशिक रोजगारीको नाममा भिजिट भिसाको दुरुपयोग हुँदै आएको गम्भीर पृष्ठभूमिमा, यो घटनाले फेरि मानव तस्करीको गन्ध दिएको छ।

नेपाली नागरिकहरू ‘एनओसी’ (अनिवार्य स्वीकृति) बिना नै कुवेत जान लागेका थिए। दिल्लीस्थित नेपाली दूतावासको सक्रिय समन्वयमा ती महिलालाई विमानस्थलमै रोकी नियन्त्रणमा लिइएको थियो। त्यसपछि स्थलमार्ग हुँदै बिहीबार राति सुनौली नाका पार गरी रूपन्देही पुर्याइएको छ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार महिलाहरूलाई नेपाल भित्र्याएर अहिले काठमाडौं ल्याउने तयारी गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल नेतृत्वको टोलीले घटनालाई नजिकबाट सम्हाल्दै सुरक्षात्मक संयन्त्रमार्फत उनीहरूलाई स्वदेश फर्काएको हो।

यसबीच, गृहमन्त्री रमेश लेखकले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई तुरुन्त छानबिन थाल्न निर्देशन दिएका छन्। दोषीलाई कानूनको दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने मन्त्री लेखकको भनाइ छ। गृहमन्त्रालयका अनुसार वैदेशिक रोजगारीको नाममा भइरहेका यस्ता अवैध गतिविधिलाई नियन्त्रण गर्न सरकार सतर्क भएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...