News Portal

शैल्यशिखरमा जीवितलाई मृत देखाएर कृषि अनुदान हत्याउने षड्यन्त्र : दुई कर्मचारी पक्राउ

२०२ पटक

दार्चुला, साउन ८ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान रकम हत्याउने नियतले जीवित व्यक्तिहरूलाई मृत घोषणा गर्दै फर्जी कागजात पेश गरिएको खुलासा भएको छ। यस आपराधिक योजनामा संलग्न भएको आरोपमा दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूमा शैल्यशिखर नगरपालिका कृषि शाखाका प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह धामी हाल नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्।

प्रहरीका अनुसार, ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत दुई लाख २० हजार रुपैयाँ कृषि अनुदान रकम प्राप्त गर्नका लागि कृषक समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको झुटा कागजात तयार पारिएको थियो। त्यसैका आधारमा ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा हस्ताक्षर परिवर्तन गरी रकम निकाल्ने प्रयास भएको खुलासा भएको हो।

दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले दिएको जानकारीअनुसार, उनीहरूलाई बुधबार पक्राउ गरिएको हो। हाल लिखतसम्बन्धी किर्ते, आपराधिक विश्वासघात तथा ठगीको अभियोगमा किटानी जाहेरी दर्ता गरिएपछि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...