News Portal

प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

१७८ पटक

काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ। बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने कार्यसूची तय भएको छ भने प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन संसदीय समितिहरूको छुट्टाछुट्टै बैठक पनि आजै बस्दैछन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१” संसदमा प्रस्तुत गर्दै उक्त विधेयकमाथि छलफल गरिने प्रस्ताव पेस गर्ने तयारीमा छन्। यो विधेयकले मानव बेचबिखन र ओसारपसारजस्ता गम्भीर आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कानुनी संरचना थप सशक्त पार्ने उद्देश्य राखेको छ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट पारित भइसकेको “तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” संसदमा प्रस्तुत गर्दै त्यसलाई विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त विधेयकले नेत्रविज्ञानसम्बन्धी उच्च शिक्षाको प्रवर्द्धनका लागि विशेष विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छ।

यसैबीच, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” माथि संशोधनकर्ताहरूसँग छलफल गरिने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठकहरू पनि आजै बस्दै छन्। विधायन व्यवस्थापन समितिले “जलस्रोत विधेयक, २०८१” मा दफावार छलफल अघि बढाउने छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले “राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदन” माथि छलफल गर्दै पारित गर्ने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...