News Portal

गणतन्त्रमाथिको चुनौतीप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : प्रचण्ड

२६४ पटक

काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको स्पष्ट पार्नुभएको छ।

बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाल गणतन्त्रमाथि प्रश्न उठ्न थालेको अवस्थामा त्यसको संरक्षण र मजबूतीकरणमा आफूहरू गम्भीर रहेको बताउनुभयो।

उहाँले आन्दोलनका दिनहरूको स्मरण गर्दै भने, “बच्चा जन्माउने आमाले बच्चालाई जस्तो माया गर्छिन्, त्यस्तो माया अरूलाई नहुन सक्छ। हामीले गणतन्त्रप्रति त्यही भावनाबाट विशाल प्रदर्शन गरेका थियौं, त्यो संयोग थिएन, हाम्रो अटल सङ्कल्पको अभिव्यक्ति थियो।”

प्रचण्डले माओवादी आन्दोलनबाट महिला, दलित, आदिवासी र जनजाति समुदायले प्राप्त गरेका अधिकारहरू आज संस्थागत भइसकेको बताउँदै ती अधिकारहरू उल्ट्याउन नसकिने दाबी गर्नुभयो।

हालका दिनमा वैचारिक गहिराइ, त्याग र संघर्षमा आधारित आन्दोलन र नेताहरूको भूमिकालाई ख्यालख्यालमा मूल्याङ्कन गर्ने प्रवृत्ति देखिएकोप्रति उहाँले गहिरो असन्तोष व्यक्त गर्नुभयो।

“यस्ता गहन र विश्लेषणात्मक कृतिहरूले देशको राजनीतिक र सामाजिक मार्गनिर्देशनमा सकारात्मक प्रभाव पार्छन्,” अध्यक्ष प्रचण्डको विश्वास थियो।

गणतन्त्रलाई कमजोर बनाउने संकेतहरू देखा परिरहेका बेला त्यसको रक्षा गर्न सबै अग्रगामी शक्तिहरू एकजुट हुनुपर्ने उहाँको जोड थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...