News Portal

  • गणतन्त्रमाथिको चुनौतीप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : प्रचण्ड

    १०० पटक

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको स्पष्ट पार्नुभएको छ।

    बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाल गणतन्त्रमाथि प्रश्न उठ्न थालेको अवस्थामा त्यसको संरक्षण र मजबूतीकरणमा आफूहरू गम्भीर रहेको बताउनुभयो।

    उहाँले आन्दोलनका दिनहरूको स्मरण गर्दै भने, “बच्चा जन्माउने आमाले बच्चालाई जस्तो माया गर्छिन्, त्यस्तो माया अरूलाई नहुन सक्छ। हामीले गणतन्त्रप्रति त्यही भावनाबाट विशाल प्रदर्शन गरेका थियौं, त्यो संयोग थिएन, हाम्रो अटल सङ्कल्पको अभिव्यक्ति थियो।”

    प्रचण्डले माओवादी आन्दोलनबाट महिला, दलित, आदिवासी र जनजाति समुदायले प्राप्त गरेका अधिकारहरू आज संस्थागत भइसकेको बताउँदै ती अधिकारहरू उल्ट्याउन नसकिने दाबी गर्नुभयो।

    हालका दिनमा वैचारिक गहिराइ, त्याग र संघर्षमा आधारित आन्दोलन र नेताहरूको भूमिकालाई ख्यालख्यालमा मूल्याङ्कन गर्ने प्रवृत्ति देखिएकोप्रति उहाँले गहिरो असन्तोष व्यक्त गर्नुभयो।

    “यस्ता गहन र विश्लेषणात्मक कृतिहरूले देशको राजनीतिक र सामाजिक मार्गनिर्देशनमा सकारात्मक प्रभाव पार्छन्,” अध्यक्ष प्रचण्डको विश्वास थियो।

    गणतन्त्रलाई कमजोर बनाउने संकेतहरू देखा परिरहेका बेला त्यसको रक्षा गर्न सबै अग्रगामी शक्तिहरू एकजुट हुनुपर्ने उहाँको जोड थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...