News Portal

एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

३१४ पटक

काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ को आयोजनाबारे छलफल भएको छ। अध्यक्ष श्रेष्ठले २०२५ अक्टोबर ११–१२ (२०८२ असोज २५–२६) मा काठमाडौंमा आयोजना गर्न लागिएको उक्त समिट सफल बनाउन महासंघ अध्यक्ष ढकाललाई भेटेर सहयोगको आग्रह गरेका हुन्।

हालै सम्पन्न एनआरएनए आइसीसीको पाँचौं बैठकले नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई सघाउन एनआरएन दिवसको अवसरमा समिट आयोजना गर्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठले उक्त सम्मेलनले नीतिगत रूपान्तरण, सरकारको लगानी प्रवर्द्धनप्रतिको प्रतिबद्धता तथा निजी क्षेत्रलाई सशक्त साझेदारको रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने जानकारी दिए।

श्रेष्ठले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरण बनाउन थालेको उल्लेख गर्दै कानुनी सुधार, एकद्वार प्रणालीको कार्यान्वयन, पूर्वाधार तथा ऊर्जा क्षेत्रमा साझेदारीको विस्तार, सेवा प्रवाहको डिजिटलाइजेसनजस्ता पहलहरूले अन्तर्राष्ट्रिय तथा एनआरएन लगानीकर्ताहरूलाई नेपालमा आकर्षण बढाउन थालेको बताए।

सम्मेलनको प्रमुख उद्देश्यहरूमा नेपालमा लगानीमैत्री वातावरण प्रवर्द्धन, रोजगारी सिर्जना, औद्योगिकीकरणलाई सहयोग, विज्ञान तथा प्रविधि स्थानान्तरण, एनआरएनलाई दीर्घकालीन साझेदारको रूपमा सुदृढीकरण तथा सरकार–निजी क्षेत्र–डायस्पोरा त्रिपक्षीय सहकार्यको निर्माण रहेको अध्यक्ष श्रेष्ठले बताए।

सो अवसरमा एफएनसीसीआई अध्यक्ष ढकालले एनआरएन लगानी सम्मेलनलाई निजी क्षेत्रबाट पूर्ण सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले एनआरएनहरूलाई नेपालमा दीगो रूपमा लगानी गर्न र नीतिगत पहलहरूमा समेत साझेदारी गर्न आग्रह गरे। उनका अनुसार नेपालमा लगानीका पर्याप्त अवसरहरू, परियोजना पाइपलाइन र राम्रो प्रतिफलको सम्भावना विद्यमान छन्।

ढकालले उद्योग वाणिज्य महासंघ र एनआरएनएबीच रणनीतिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ सम्भावनाहरू उजागर गर्न सकिने विश्वास व्यक्त गरे। यसका लागि एनआरएनहरू एकजुट भएर अघि बढ्नुपर्ने सुझाव पनि उनले दिए।

अक्टोबरमा हुने सम्मेलनमा एनआरएन लगानीकर्ता, नेपाली निजी क्षेत्रका लगानीकर्ता, विकास साझेदार, नेपाल सरकारका नीतिनिर्माता र सरोकारवाला निकायहरूको सहभागिता रहने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...