आज : २०२६-०६-०८, सोमबार

—– गजल —–

– कुमारी चेम्जोङ

यो रित्तो जोवनलाइ त्यो सिङ्गो तन उधारो दिनु
जीवन दिनु त्यस पछि जे दिनु गाह्रो साह्रो दिनु

ती नजर पिइ तृप्त हुन काफी छैन एक जुनि
समय यो जवानी मलाइ अलि फारो फारो दिनु

तिम्रो एहेसासको त्यो उज्यालोमा रम्ने लत बस्यो
ए जुनेलि तिमी लुकिदेउ मलाइ अध्यारो दिनु

तिमी लट्टिने बिषालु नजर बनाउन मन छ
मदहोस तिमि हुदा सम्हाल्ने छु अभिभारो दिनु

जे माग्छु आज देउ, नदेउ चितामा फुल मलाइ
म मरे पछि, यो मेरो लास गिद्द लाई चारो दिनु।।

झापा हल्दिबारी
हाल: कुवेत