News Portal

  • विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    ६० पटक

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज जारी रहँदा, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः सक्रिय भूमिकाबारे गम्भीर बहस भएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबारको बैठकमा ५८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा सार्वजनिक गरेका छन् भने बाँकी ७७ जनाले आजै धारणा राख्ने कार्यक्रम तय गरिएको छ।

    बैठकमा सबैभन्दा चासोको विषय बनेको छ– पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नवीकरण तथा सक्रिय राजनीतिक भूमिकाको सम्भावना। धेरैजसो केन्द्रीय सदस्यहरूले भण्डारीको पुनः प्रवेशको पक्षमा आफ्नो मत प्रकट गर्दै यसबारे पार्टीले अब स्पष्ट निर्णय लिनुपर्नेमा जोड दिएका छन्।

    प्रमुख गौतमले बैठकमा गरिएको संविधानको व्याख्या उल्लेख गर्दै भने, “नेपालको संविधानको धारा ६१ ले राष्ट्रपतिको भूमिकालाई राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षकका रूपमा व्याख्या गरेको छ। यसले भण्डारीजस्तो पदमा पुगिसकेको व्यक्तिको राजनीतिक पुनःसक्रियताबारे प्रश्न उठाएको हो भने, त्यो केवल प्राविधिक विषय होइन, एक गहिरो राजनीतिक बहसको विषय हो।”

    उनले थपे, “धारा २६७ को उपधारा २ मा राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपति भनिएको भए पनि, राजनीतिक पुनःसक्रियताको विषय संविधानको भावना अनुसार मूल्यांकन गरिनुपर्छ। जनतामा, व्यवस्थामा र प्रणालीमा यसको प्रभाव के पर्छ भन्ने प्रश्नलाई विचार गर्दै पार्टीले राजनीतिक दृष्टिकोणबाट निर्णय गर्नुपर्छ भन्ने धारणा आएको हो।”

    बैठकको समापनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा औपचारिक सम्बोधन गर्दै महत्त्वपूर्ण निर्णय सुनाउने अपेक्षा गरिएको छ।

    यता, बैठकमा पार्टी संरचनालाई संविधानअनुकूल कार्यकारी संरचनामा रुपान्तरण गर्ने विषयमा पनि जोड दिइएको छ। निर्वाचन क्षेत्रीय समन्वय समिति र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय समितिहरूलाई प्रभावकारी बनाउन सुझावहरू आएका छन्।

    गौतमका अनुसार एमालेको हालको सदस्य संख्या १ लाख ३९ हजारले वृद्धि भएको छ, जुन झन्डै २८ प्रतिशतको वृद्धिदर हो।

    बैठकमा मूल्यवृद्धि, सरकारको प्रभावकारिता, नीति कार्यान्वयन लगायतका समसामयिक विषयमा पनि व्यापक छलफल भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

    काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल...

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख...

    विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज...

    भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

    काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण...

    क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राऊ, ४ लाखभन्दा बढी नगद र सयौं सीमकार्ड बरामद

    काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा...