News Portal

नेपाली राजनीतिका मेरुदण्ड बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक : सभापति देउवा

१६५ पटक

काठमाडौं, साउन ६ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिको मूल आधार राष्ट्रनेता बीपी कोइरालाले अगाडि सारेको मेलमिलाप नीतिमा अडिएको बताएका छन्। बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक स्मृतिग्रन्थ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बीपीको नीति र दर्शन आजको समय सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी रहेको बताएका हुन्।

बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा देउवाले भने, “राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपालको परिकल्पनामा बीपीले देखाएको दृष्टिकोण आज पनि मार्गदर्शक छ।”

उनले बीपी कोइरालालाई केवल राजनीतिज्ञका रूपमा मात्रै नभई, प्रजातान्त्रिक समाजवादका चिन्तक, साहित्यकार र जनभावनाका प्रतिरूपका रूपमा स्मरण गर्दै भने, “नेपाली वाङ्मयमा उनले पुर्‍याएको योगदानले हामी सबैलाई गर्व गर्न लायक बनाएको छ।”

त्यस अवसरमा उनले भारत निर्वासनमा रहेर पञ्चायती निरंकुशताविरुद्धको संघर्षलाई निरन्तरता दिँदै बीपीले आठवटा ज्यान मुद्दा टारी देश फर्किएको प्रसंगलाई स्मरण गरे। उनले स्पष्ट रूपमा भने, “बीपी कोइरालाको त्याग, साहस र राष्ट्रियताप्रतिको प्रतिबद्धताका कारण कांग्रेस आज यो स्थानमा आइपुगेको हो।”

कार्यक्रममा अन्य नेताहरूले समेत बीपी कोइरालाको विचार, आदर्श र लोकतान्त्रिक मूल्यहरूलाई समकालीन राजनीतिक अभ्यासमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...