News Portal

२० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

२५६ पटक

जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको २० वर्ष लामो जीवन-मृत्युको सङ्घर्ष अन्त्य भएको छ। सन् २००५ मा लन्डनमा भएको एक कार दुर्घटनापछि कोमामा पुगेका ‘स्लिपिङ प्रिन्स’ को अन्ततः जुलाई १९ तारिखका दिन निधन भएको साउदी शाही स्रोतले पुष्टि गरेको छ।

केवल १५ वर्षको उमेरमा बेलायतको सैन्य एकेडेमीमा अध्ययनरत अवस्थामा दुर्घटनामा परेका राजकुमार अल वालिदको बचाउन साउदी अरब, अमेरिका र स्पेनका ख्यातिप्राप्त चिकित्सकहरूको टोलीले लामो समयसम्म उपचारको प्रयास जारी राख्यो। कोरान पाठ गर्दा शरीरको सानो प्रतिक्रिया, आँखाको हलचल लगायतका संकेतहरूले कहिलेकाहीँ उनको चेतनामा फर्किने सम्भावनालाई जगाइरहन्थ्यो। तर त्यो आशा अन्ततः असफल रह्यो।

उनका पिता, राजकुमार खालिद बिन तलाल, कहिल्यै आशावादी भावना गुमाएनन्। चिकित्सकहरूले बारम्बार भेन्टिलेटर हटाउने सल्लाह दिए पनि उनले छोराको जीवनप्रति दृढ विश्वास राख्दै त्यसलाई अस्वीकार गरे। वर्षौंसम्म छोराको सिरानीमा बसेर उनले प्रार्थना गरे, कुरानको पाठ गरे तर दुर्भाग्यवश जीवन फर्किएन।

शाही परिवारका सदस्यमात्र नभई जनमानसमा पनि लोकप्रिय रहेका राजकुमार अल वालिदको निधनले साउदी समाजमा शोकको लहर छाएको छ। सामाजिक सञ्जालमा हजारौँ शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्दै ‘स्लिपिङ प्रिन्स’ को सम्झनामा भावपूर्ण सन्देशहरू लेखिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...