News Portal

झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

२१३ पटक

काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी विद्यादेवी भण्डारी आज आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्ने तयारीमा छिन्। दिउँसो ३ बजे एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि भण्डारीले सक्रिय राजनीतिबाट टाढा रहँदै आएकी थिइन्। तर, पछिल्लो समय एमाले राजनीतिमा पुनः सक्रिय हुने संकेत दिँदै आएकी भण्डारी पार्टी कार्यलय पुग्न लागेको हो। जब उनी राष्ट्रपति बनेकी थिइन्, त्यसबेला एमालेको कार्यालय धुम्बाराहीमा थियो। अहिले च्यासलमा रहेको नयाँ पार्टी कार्यालयमा भने उनी पहिलोपटक जाँदैछिन्।

यसअघि केही हप्ता अघि मात्रै भण्डारीले एमालेको राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्, यद्यपि पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन। यता, एमालेको पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता हाललाई ‘होल्ड’ मा राख्ने निर्णय गरिसकेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पूर्वराष्ट्रपतिको रूपमा उनले पाउने सुविधा त्यागेर पार्टी राजनीतिमा फर्किन चाहेको भए पनि त्यसको प्रभावबारे थप छलफलपछि मात्रै निर्णय गरिनेछ।

गौतम भन्छन्, “उच्च पदमा पुगेको व्यक्तिको पुनः सक्रिय राजनीतिमा प्रवेशले पार्टी र गणतन्त्रमा के असर पार्छ भन्नेबारे बैठकमा गम्भीर बहस भयो। अध्यक्ष ओलीले समेत अर्को बैठकमा यो विषय पुनः उठाउने बताउनुभएको छ।”

पार्टीभित्र यस विषयमा मतभेद पनि देखिएको छ। एमाले नेता शेरबहादुर तामाङले पूर्वराष्ट्रपतिले पार्टी कार्यालयमा उपस्थित हुनु लोकतान्त्रिक मूल्य र गणतान्त्रिक व्यवहारसँग मेल नखाने बताएका छन्। “राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टी कार्यालय पुगेर सदस्यता माग्नु उपयुक्त होइन, यस्तो प्रवृत्तिले गणतन्त्रकै अपमान हुन्छ,” उनले टिप्पणी गरे।

२०७२ साल कात्तिक ११ गते मुलुकको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी भण्डारीको राष्ट्रपतिको कार्यकाल २०७९ साल फागुन २९ मा रामचन्द्र पौडेलले सपथ लिएसँगै टुंगिएको हो।

आजको भेटवार्तापछि भण्डारीको पार्टी सदस्यता तथा राजनीतिमा पुनः औपचारिक प्रवेशबारे एमालेभित्र थप बहस र निर्णयको बाटो खुल्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...