News Portal

  • २७ अाै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा नगरपालिकाले कम्वल वितरण गर्‍यो

    हिमाली संचार संवाददाता
    ६३४ पटक

    रबिन्द्र बराल : “अपाङ्गता भएका व्यक्तिहरुकाे सशक्तीकरण तथा समावेशीता समानताकाे सुनिश्चितता, मलाई गणना गर समावेश गर” भन्ने मुल नाराका साथ माेरङकाे रंगेली मा साेमबार २७ अाै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस एवम् अपाङ्गता तथा एचआईभी एड्स दिवसकाे अवसरमा रंगेली नगरपालिका महिला बालबालिका शाखा कार्यलयकाे अायाेजना तथा लुथरन समुदायीक कल्याण समाज , समरी उथान सेवा कल्याण, एवम् राट्रिय अपाङ्ग महासंध नगर ईकाई समितिकाे सहकार्यमा अपाङ्ग दिवस मनाएका हुन।

    रंगेली नगरपालिकाकाे सभाहलमा भएको उक्त कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिकाका प्रशासन अधिकृत सुरेन्द्र थापा मगर, ईलाका प्रसान कार्यलय रंगेलीका जयप्रकाश बस्नेत, नगरपालिका शाखा अधिकृत कृष्ण भट्टराई, रंगेली अपाङ संधका अध्यक्ष गायत्री प्रसाद गाैतम, लुथरन समुदायीक कल्याण समाज कार्यकारी अधिकृत सुजित साेरेन, राेशन साेरेन, स्थानीय महिला, बुद्धिजीवी, समाज सेवि हरुकाे समेत उपस्थित रहेको थियोे ।

    नेपाल सरकारले सिहंदरवारकाे अधिकार घरघरमा अाईपुगेकाे घाेषणा गरेता पनि अपाङहरुलाई हेर्ने दृष्टिकोण र अपाङहरुलाई हरेक क्षेत्रमा अहिले पनि अपहेलित हुनुपरेको र स्थानीय सरकारले दिनुपर्ने सेवा सुविधा नदिएकाे अपाङ्गहरुले अाराेप लगाए।

    अाफ्नाे हकर अधिकारकाे लागि सबै एक जुट भएर लागि पर्नुपर्ने राट्रिय अपाङ्ग महासंध नगर ईकाई समिति रंगेलीका अध्यक्ष गायत्री प्रसाद गाैतम वताए । अपाङ्ग समावेशी कसरी गर्ने भन्ने बिषयमा छलफल समेत भएको र रंगेली बसपार्कमा अपाङ्ग मैत्रिक सुलभ शाैचालयकाे निर्माण अन्तिम चरणमा पुगेको र शुद्ध खानेपानीकाे प्रवन्ध समेत मिलाउन अाफुहरु लागि परेको लुथरन समुदायीक कल्याण समाज कार्यकारी अधिकृत सुजित साेरेन बताए ।

    साे कार्यक्रममा रंगेली मा रहेका पुर्ण अपाङ्ग भएका भएका ९१ जना बृद्ध, बालबालिका, महिलाहरुलाई जाडाे याम सुरु भएपछि कम्वल समेत बितरण गरीएकाे थियो । अहिले रंगेली नगरपालिकामा ४ सय ७ जना अपाङ्गहरु समेत रहेका छन ।

    सरकारले अपाङ्गहरुलाई ४ क्षेत्रमा बिभाजन समेत गरेको छ । जस अन्तर्गत रंगेलीमा राताे कार्ड पाउने ९१ जना पुर्ण अपाङ्ग, निलाे कार्ड पाउनेे ८८ जना केही अान्सिक, पहेंलो काड ७६ जना मध्यम र सेताे काड पाउने २५ जना साधारण रहेका छन । कार्यक्रममा उपस्थित रहेका अधिकान्सले अपाङ्गकाे हक अधिकार सबै सरह बराबर हुनुपर्ने र गाउँमा घरमा समेत अपाङ्ग हरुलाई राम्रो दृष्टिकोणले हेर्नुपर्ने कुरामा जाेड दिएका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...