News Portal

आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

१८५ पटक

काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार अन्ततः सर्वोच्च अदालत पुगेको छ।

महान्यायाधिवक्ता कार्यालयले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दै उक्त फैसलालाई चुनौती दिएको छ। कार्यालयका प्रवक्ता सूर्यराज दाहालले पुनरावेदन दर्ताको पुष्टि गर्दै यस विषयलाई गम्भीर कानुनी त्रुटिसहितको फैसला भन्दै प्रश्न उठाएका छन्।

१४ जेठमा उच्च अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहितका अन्य अभियुक्तहरूलाई ज्यान मुद्दाबाट सफाइ दिएको थियो।

तर, सरकार पक्षले उक्त फैसलालाई प्रमाणको मूल्यांकन नगरी गरिएको निर्णयको रूपमा लिएको छ। विशेषगरी जिल्ला अदालतबाट सफाइ पाएका र उच्च अदालतबाट पनि उन्मुक्ति पाएका सबै अभियुक्तहरूलाई दोषी ठहर गर्नुपर्ने मागसहित पुनरावेदन गरिएको हो।

२५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरिसकेका थिए।

महान्यायाधिवक्ताको कार्यालयले स्पष्ट पारेको छ— कुनै पनि गम्भीर प्रकृतिको अपराधमा, विशेषतः ज्यानसम्बन्धी मुद्दामा प्रमाणका आधारमा सही न्याय सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो। फैसलाका क्रममा देखिएको गम्भीर विचलन र चौतर्फी उठेका प्रश्नहरूको सेरोफेरोमा अब सर्वोच्च अदालतबाट अन्तिम निर्णय अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...