News Portal

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

२४५ पटक

रविन्द्र बराल/ मोरङ, साउन २ – ईलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

हिजो साँझ करिब ६:३० बजे सुनवर्षी नगरपालिका–९ स्थित रंगेली–उर्तलाबारी सडक खण्ड अन्तर्गत डाँयनिया बजार नजिकै भारतीय नम्बर प्लेट BR37A C6795 रहेको मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला परेको हो।

मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकको साथबाट ६३.१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य अन्तर्गत सिक्टी निवासी करिब ३२ वर्षीय सद्दाम अन्सारी (चालक) र पछाडि सवार अररिया जिल्लाको सिक्टी ग्रामपञ्चायत निवासी करिब ३२ वर्षीय शेर मोहम्मद रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...