News Portal

सुनचाँदीको कारोबारमा २% विलासिता कर लागू, आम उपभोक्ता र व्यवसायीमा व्यापक असन्तुष्टि

१८१ पटक

काठमाडौं, साउन १ – सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरेको २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा आएको छ। यो कर अब सुनचाँदीको कुनै पनि प्रकारको कारोबारमा अनिवार्य रूपमा लाग्नेछ — चाहे त्यो बैंकबाट खरिद होस्, व्यवसायीद्वारा उपभोक्तालाई विक्री वा उपभोक्ताबाट व्यवसायीलाई पुनः बिक्रीको प्रक्रिया।

यसअघि १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा मात्र यो कर लाग्ने व्यवस्था थियो। तर अब जुनसुकै परिमाणको कारोबारमा पनि यो कर अनिवार्य गरिएको छ, जसले गर्दा सामान्य उपभोक्तासमेत प्रभावित बन्न पुगेका छन्।

व्यवसायीहरू भने लामो समयदेखि यो करप्रति असहमति जनाउँदै आइरहेका छन्। उनीहरूले कर खारेजको माग गर्दै आन्दोलन र सरकारसँगको छलफल समेत गरेका थिए। यद्यपि सरकारले राजस्व वृद्धि र सुनचाँदीको आयात नियन्त्रणलाई औचित्य देखाउँदै कर फिर्ता नलिने स्पष्ट पारेको छ।

वर्तमानमा सुनको मूल्य तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँ कायम रहेको छ। कर लागू भएसँगै उपभोक्ताले हरेक तोलामा करिब ३८३६ रुपैयाँ अतिरिक्त तिर्नुपर्ने बाध्यता आइपरेको छ, जसका कारण बजारमा मूल्य अझ चुलिने सम्भावना बढेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...