News Portal

  • मनसुन सक्रिय, पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    १०४ पटक

    काठमाडौं, साउन१ – देशभर मनसुन सक्रिय भएसँगै मौसममा व्यापक परिवर्तन आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार भारतको उत्तरप्रदेश आसपास बनेको न्यून चापीय प्रणाली र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।

    वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। तीमध्ये एक-दुई स्थानमा भने भारी वर्षा हुने जोखिम रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगमा पनि हल्कादेखि मध्यम वर्षासँगै केही स्थानमा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा हुरी चल्ने सम्भावनासमेत औंल्याइएको छ।

    वर्षा र हुरीका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेकोले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा पनि बढेकोले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

    नदी, खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायातमा असर पर्न सक्ने अनुमान गरिएको छ। त्यसैले सम्बन्धित निकायहरूलाई पूर्वतयारीसहित सचेत रहन तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

    काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न...

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

    काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा...

    गोरखामा भदौ महिनामै दशैं मनाइयो

    गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै...

    दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान...

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...