News Portal

  • एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    २२५ पटक

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई एकताको महाधिवेशनका लागि एकजुट हुन अपिल गरेका छन्।

    उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका भ्रामक समाचारबाट बच्न र एकताको भावनामा काम गर्न सबैलाई आग्रह गरेका छन्।

    पराजुलीले जारी गरेको विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहजीकरणमा गत मे ३–४, २०२५ मा सम्पन्न विश्व महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुँदा आफू अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा निर्वाचित गरेको पनि स्मरण गराएका छन्।

    विज्ञप्तिमा उनले अमेरिका र क्यानाडामा दुई–दुई वटा एनसीसीहरू कानुनी रूपमा दर्ता भएको र छुट्टाछुट्टै नेतृत्वमार्फत काम गरिरहेको स्पष्ट पार्दै दुई एनसीसीलाई एकताको महाधिवेशनका लागि एकजुट बनाउने निर्णय भएको र सोही निर्णय कार्यान्वयनका लागि आफूले पहल गरिरहेको पनि उल्लेख गरेका छन्।

    दुवै एनसीसीका अध्यक्षहरू डा. अर्जुन बन्जाडे र सूर्य लम्सालले हस्ताक्षर गर्दा एनआरएनए आइसीसी अध्यक्ष महेश श्रेष्ठ पनि सहभागी भएका थिए।

    सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन्।

    पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानुनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...