News Portal

विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

१८६ पटक

काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। गृह मन्त्रालयमा बुधबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद् न्यूनीकरणदेखि राहत तथा पुनःस्थापना सबै प्रक्रियामा तीनै तहका सरकार सक्रिय र जिम्मेवार बन्नुपर्ने धारणा राखे।

उनका अनुसार सातवटै प्रदेशमा आपतकालीन सामग्री भण्डारणका लागि गोदामहरू निर्माण गरिएका छन्। तीमध्ये राजधानीको गोदाम गृह मन्त्रालयअन्तर्गतको विपद् प्राधिकरणको मातहत रहने छ भने बाँकी छ वटा प्रदेशका गोदामहरू सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारले पाउनेछ। मन्त्री लेखकले पालिका तहमै आपतकालीन गोदामहरू विस्तार गरी विपद् व्यवस्थापनलाई अझै छरितो र सर्वसुलभ बनाउने योजनामा सरकारले जोड दिएको बताए।

‘नागरिकसँग नजिक रहने स्थानीय तह नै विपद् व्यवस्थापनको पहिलो मोर्चा हो,’ मन्त्री लेखकले भने, ‘त्यसैले विपद् पूर्वतयारी, तत्काल उद्धार, राहत वितरण र पुनःस्थापनासम्मका सबै काममा तीनै तहले हातेमालो गरेर अघि बढ्नुपर्छ।’

अघिल्ला दिनहरूमा विपद्को समयमा राहत सामग्री वितरणमा देखिएको झन्झट हटाउन प्रदेश सरकारलाई नै गोदाम सञ्चालनको जिम्मा दिइएको उनले जानकारी गराए। विपद् जोखिम कम गर्न पूर्वसूचना प्रणाली बलियो पार्दै सबै निकायको सहकार्यमा मात्रै दीगो व्यवस्थापन सम्भव हुने भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिलाई अझ जिम्मेवार बन्न पनि आग्रह गरे।

 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...