News Portal

लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

२९७ पटक

रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

गएराति को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सिया बाट रंगेली तर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रोकी चेकजाँच गरेको थियो।

पक्राउ पर्नेमा दमक नगरपालिका–९ बरगाछी निवासी अन्दाजी ३५ वर्षका शिव कुमार सोरेन र पछाडि सवार सुनसरीको कमल गाउँपालिका–१ सरनपाडा निवासी अन्दाजी ३३ वर्षका आकाश खड्का रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट नाइट्राजेपाम (Nitrazepam) १६ पत्ता, जम्मा १५५ ट्याब्लेट बरामद गरिएको छ। लागुऔषधसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...