News Portal

लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

२०७ पटक

रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

गएराति को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सिया बाट रंगेली तर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रोकी चेकजाँच गरेको थियो।

पक्राउ पर्नेमा दमक नगरपालिका–९ बरगाछी निवासी अन्दाजी ३५ वर्षका शिव कुमार सोरेन र पछाडि सवार सुनसरीको कमल गाउँपालिका–१ सरनपाडा निवासी अन्दाजी ३३ वर्षका आकाश खड्का रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट नाइट्राजेपाम (Nitrazepam) १६ पत्ता, जम्मा १५५ ट्याब्लेट बरामद गरिएको छ। लागुऔषधसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...